एनपीएलमा जनकपुरको ह्याट्रिक जित, पोखराको लगातार दोस्रो हार
काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टसले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा पोखरा एर्भेन्जर्सलाई ७ विकेटले पाखा लगाउँदै जनकपुरले ह्याट्रिक जित दर्ता गरेको हो ।
पोखराले दिएको १३८ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ बल बाँकी रहँदै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । जनकपुरलाई ह्याट्रिक जित दिलाउन लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन जोडे । ३२ बलको सामना गरेका उनले ८ चौका हिर्काए । १९ बलको सामना गरेका जिमी नीशमले ४ चौकाको मद्दतमा नटआउट रहँदै ४० रन हिर्काए । मार्की खेलाडी आशिफ शेख ३३ रनमा आउट हुँदा हर्श थाकरले १७ रन थपे ।
बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेल, विपिन खत्री र माइकल लिस्कले समान १ विकेट लिए । यसअघि त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो ।
पोखराका लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५ रन बनाए । यस्तै, माइकल लिस्कले २५, एण्ड्रियस घोसले २०, रेमोनले १७ रन बनाए ।
३ नम्बरमा ब्याटिङ गर्न आएका कुशल भुर्तेल ६ रनमा आउट हुँदा दिलीप नाथ ११ र दिनेश खरेल १० रनमा समेटिए । बलिङतर्फ ललित राजवंशीले ३ विकेट लिए । जेम्स नीशमले २ विकेट लिँदा किशोर महतो र मोहम्मद मोसिनको नाममा १-१ विकेट रह्यो ।
सम्बन्धित समाचार
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
