रोमियो जुलियटकी नायिक ओलीभियाको निधन, जसले हालेकी थिइन यौन हिंसाकाे मुद्दा
काठमाडौं । विश्व चर्चित फिल्म रोमियो एन्ड जुलियट’ की नायिकाको निधन भएको छ । सन् १९६८ मा चर्चित फिल्म ‘रोमियो एण्ड जुलियट’ मा आफ्नो भूमिकाका लागि किशोरावस्थामा नै अन्तर्राष्ट्रिय चर्चामा आएकी अभिनेत्री ओलिभिया हसीको ७३ वर्षको उमेरमा निधन भएको हो।
लन्डनमा हुर्केकी अर्जेन्टिनामा जन्मेकी अभिनेत्रीको आफ्ना प्रियजनहरूलाइ छाडेर स्वर्ग प्रवेश गरेकी हुन । उनको मृत्यु भएको उनको इन्स्टाग्राममार्फत विश्वलाइ जानकारी दिइएको थियो ।
हसीले जुलियटको भूमिकाको लागि उत्कृष्ट नयाँ अभिनेत्री गोल्डेन ग्लोब जितेकी थिइन । तर दशकौं पछि उनले प्यारामाउन्ट पिक्चर्सलाई यौन दुर्व्यवहार गरेको भन्दै मुद्दा हालेर झन बढी चर्चित भएकी थिइन । किनभने उनले फिल्मको नग्न दृश्य दिइएकी थिइन, जो दृश्य खिच्दा उनी केवल १५ वर्षकी किशोरी मात्रै थिइन्र ।
उनको अर्को सबैभन्दा उल्लेखनीय स्क्रिन भूमिका १९७७ मा टिभी मिनि सिरीज ‘येशू अफ नाजरथ’ मा मेरीको भुमिकामा देखा परेकी थिइन, जो जिससकी आमाको रूप हो ।
उनको निधनवार जानकारी दिने विज्ञप्तिमा भनिएको छ, ‘हामीले यो अपार क्षतिमा शोक व्यक्त गर्दै हामी हाम्रो जीवन र उद्योगमा ओलिभियाको स्थायी शोक मनाउन विबश छौं ।’
हसीको जन्म अर्जेन्टिनाको ब्यूनस आयर्समा १९५१ मा भएको थियो । सात वर्षको उमेरमा उनी लन्डन गएकी थिइन र त्यसपछि उनले इटालिया कोन्टी एकेडेमी ड्रामा स्कूलमा अध्ययन गरेकी थिइन् ।
सम्बन्धित समाचार
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

