रोमियो जुलियटकी नायिक ओलीभियाको निधन, जसले हालेकी थिइन यौन हिंसाकाे मुद्दा
काठमाडौं । विश्व चर्चित फिल्म रोमियो एन्ड जुलियट’ की नायिकाको निधन भएको छ । सन् १९६८ मा चर्चित फिल्म ‘रोमियो एण्ड जुलियट’ मा आफ्नो भूमिकाका लागि किशोरावस्थामा नै अन्तर्राष्ट्रिय चर्चामा आएकी अभिनेत्री ओलिभिया हसीको ७३ वर्षको उमेरमा निधन भएको हो।
लन्डनमा हुर्केकी अर्जेन्टिनामा जन्मेकी अभिनेत्रीको आफ्ना प्रियजनहरूलाइ छाडेर स्वर्ग प्रवेश गरेकी हुन । उनको मृत्यु भएको उनको इन्स्टाग्राममार्फत विश्वलाइ जानकारी दिइएको थियो ।
हसीले जुलियटको भूमिकाको लागि उत्कृष्ट नयाँ अभिनेत्री गोल्डेन ग्लोब जितेकी थिइन । तर दशकौं पछि उनले प्यारामाउन्ट पिक्चर्सलाई यौन दुर्व्यवहार गरेको भन्दै मुद्दा हालेर झन बढी चर्चित भएकी थिइन । किनभने उनले फिल्मको नग्न दृश्य दिइएकी थिइन, जो दृश्य खिच्दा उनी केवल १५ वर्षकी किशोरी मात्रै थिइन्र ।
उनको अर्को सबैभन्दा उल्लेखनीय स्क्रिन भूमिका १९७७ मा टिभी मिनि सिरीज ‘येशू अफ नाजरथ’ मा मेरीको भुमिकामा देखा परेकी थिइन, जो जिससकी आमाको रूप हो ।
उनको निधनवार जानकारी दिने विज्ञप्तिमा भनिएको छ, ‘हामीले यो अपार क्षतिमा शोक व्यक्त गर्दै हामी हाम्रो जीवन र उद्योगमा ओलिभियाको स्थायी शोक मनाउन विबश छौं ।’
हसीको जन्म अर्जेन्टिनाको ब्यूनस आयर्समा १९५१ मा भएको थियो । सात वर्षको उमेरमा उनी लन्डन गएकी थिइन र त्यसपछि उनले इटालिया कोन्टी एकेडेमी ड्रामा स्कूलमा अध्ययन गरेकी थिइन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
