• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० बैशाख २०८३, बुधबार
३० बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ९ घण्टा 

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक
  • ११ घण्टा 

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
  • ११ घण्टा 

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान
  • १२ घण्टा 

बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन
  • १४ घण्टा 

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने
  • १४ घण्टा 

एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल
  • १४ घण्टा 

क्रसर व्यवसायीद्वारा नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग
  • १५ घण्टा 

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

  • ३. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ४. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

  • १०. नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह

चीनले समुन्द्रको ६,५६० फिट मुनी बनाउँन थाल्याे ‘डिप सि स्टेशन’

जानकारी केन्द्र २०८१, फाल्गुन, ६

बेइजिङ । चीनले आजकल धेरै अनौठो प्रयोग गरिरहेको छ। अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले अब समुद्रको गहिराइमा यस्तो काम गरिरहेको छ कि सारा विश्व चकित हुदैँछ । वास्तवमा चीनले साउथ चाइना सीमामा ६,५६० फिट तल  ‘डिप सी स्टेशन’ निर्माण गरिरहेको छ । वास्तवमा यसको प्रमुख उद्देश्य भनेको समुद्रको गहिराइमा लुकेको ‘खजाना’ पत्ता लगाउनु हो।

तर, यसको मूल्य थाहा पाएर तपाई पनि छक्क पर्नुहुनेछ । हो, आज हामी तपाईलाई यस ‘डिप सि स्टेशन’ को बारेमा हरेक कुरा बताउने प्रयास गर्नेछौं ।

चीनको ‘डिप सी स्पेस स्टेसन’ समुन्द्र सतहबाट २ हजार मिटर तल हुनेछ। यसमा ६ जना वैज्ञानिकले एक महिनासम्म सँगै काम गर्न सक्नेछन् । यो सागर मुनीको स्टेशनले सन् २०३० सम्म काम गर्न थाल्नेछ । यसको डिजाइन सानो पनडुब्बी जस्तै हुनेछ, जसको तौल २५० टन, लम्बाइ २२ मिटर, चौडाइ ७ मिटर र उचाई ८ मिटर हुनेछ । जसलाई  ‘टियाङगोङ’ अर्थात् ‘प्यालेस अफ हेभेन’ नाम दिइएको छ।

चीनका अनुसार यसको उद्देश्य समुद्रको गहिराइमा अनुसन्धान गर्ने र समुद्रमा रहेको प्राकृतिक स्रोतको खोजी गर्ने हो। वैज्ञानिकका अनुसार चीनले गहिरो समुन्द्रमा रहेको तातो र चिसो पानीमा अनुसन्धान गर्ने छ किनभने यो ठाउँमा मिथेनले प्रचुर मात्रामा ‘हाइड्रोथर्मल भेन्ट’ हरू रहेका छन्। यी भेन्टहरूमा मिथेन हाइड्रेट्स अर्थात् ज्वलनशील बरफको ठूलो भण्डार रहेको छ, जुन ऊर्जाको ठूलो स्रोत हुन सक्छ।

दोस्रो यहाँबाट भूकम्पजस्ता गतिविधिको अनुसन्धान गर्न सकिन्छ। यति मात्र होइन, यदि कुनै देशले भूमिगत रूपमा कुनै युद्द  गर्न खोज्छ वा कसैले परमाणु परीक्षण गर्न खोज्छ भने पहिले पत्ता लगाइने छ। सुनामीबारे जानकारी पनि घण्टा पहिले उपलब्ध हुने विश्वास चीनका बैज्ञानिकहरूले गरेका छन ।

हाइड्रोथर्मल भेन्टहरू समुद्रको भुइँमा अवस्थित दरारहरूबाट निस्कने तातो पानीको स्रोत हुन्, जुन समुद्री हलचलका कारण बन्छन्। यी भेन्टहरू गहिरो समुद्रमा ज्वालामुखी गतिविधिको नजिक पाइन्छ र तातो पानीले पृथ्वीको सतहभन्दा धेरै किलोमिटर तल म्याग्मासँग सम्पर्कमा आउँछ र यसलाई फेरि समुद्रमा छोड्छ।

जब चिसो पानी समुद्रको भुइँमा अवस्थित यी दरारहरूमा प्रवेश गर्छ, यो पृथ्वीको भित्री भागमा रहेको म्याग्मासँग सम्पर्कमा आउँछ र ४०० डिग्री सेल्सियससम्म तातो हुन्छ। त्यो बेला पानीले भरपूर खनिज बाहिर निकाल्छ । जब यो तातो पानी समुद्रको भुइँमा फर्किन्छ, यसमा धेरै प्रकारका घुलनशील खनिज र ग्याँसहरू हुन्छन्, जसले ‘हाइड्रोथर्मल भेन्ट’ हरू बनाउँछ।

खासमा हाइड्रोथर्मल भेन्टहरू दुइ प्रकारका हुन्छन । ‘ब्लाक स्मोकर’, यो गहिरो समुद्रमा मात्रै इन्छ। यसबाट निस्कने पानी धेरै तातो हुन्छ, लगभग ३५० देखी ४०० डिग्री सेल्सियससम्म। यसमा सल्फाइड खनिज बढी हुन्छ, जसका कारण यो कालो धुवाँ जस्तो देखिन्छ।

व्हाइट स्मोकरः यो थोरै कम तातो १००–३०० डिग्री सेल्सियस मात्र हुन्छ। यसबाट निस्कने पदार्थमा क्याल्सियम र बेरियम बढी हुन्छ, जसका कारण यो सेतो रंगको देखिन्छ ।

हाइड्रोथर्मल भेन्टहरूले अद्वितीय जीवहरूलाई समुद्रको अँध्यारो र उच्च दबाव वातावरणमा बस्न अनुमति दिन्छ। यहाँका जीवहरूले सूर्यको किरण बिना नै रासायनिक ऊर्जाबाट खाना बनाउँछन्।

सुन, चाँदी, तामा र जस्ताहरू जस्ता बहुमूल्य धातुहरू यी प्वालहरूबाट निस्कने पदार्थहरूमा पाइन्छ। बृहस्पतिको चन्द्रमा युरोपा र शनिको चन्द्रमा एन्सेलाडसमा जीवनको सम्भावना रहेको ठाउँमा उस्तै भेन्टहरु हुनसक्ने बैज्ञानिकहरुको विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक
डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन

ताजा

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.