इजरायलद्दारा हमासका प्रधानमन्त्रीको हत्या, मारिनेकाे संख्या ४१३ नाघ्याे
तेल अहिव । इजरायलले गाजामा हमासका प्रधानमन्त्री इसम दिब अब्दुल्लाह अल दलिसको हत्या गरेको छ । इजरायलको रक्षा बलले अब्दुल्लाको मृत्यु भएको पुष्टि गरेको हो । अब्दुल्ला, जुलाई २०२४ मा रुही मुश्ताहाको मृत्यु पछि सो पदमा आएका थिए।
अब्दुल्लाले गाजामा हमासको सरकार चलाएका थिए। उसले हमासको संगठन र आतंकवादी गतिविधिको जिम्मेवारी पनि लियो। पछिल्लो २४ घण्टामा इजरायलले हवाई हमलामा हमासका ३ प्रमुख आतंककारीलाई पनि मारेको जनाइएको छ ।
जसमा हमासका कमाण्डर तथा राजनीतिक नेता महमूद मारजुक अहमद अबु वत्फा, बहजत हसन मोहम्मद अबु सल्तान र अहमद ओमर अब्दुल्लाह अल हता रहेका छन ।
इजरायलले हमाससँग जनवरी १९ बाट सुरु भएको युद्धविराम अन्त्य गरेको छ । मंगलबार साँझ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि युद्ध पुनः सुरु गर्ने विषयमा बयान दिएका थिए । नेतान्याहुले भने, ‘इजरायल लड्नेछ र जित्नेछ। हामी हाम्रा मानिसहरूलाई घर फर्काउनेछौं। हमासलाई समाप्त नगरेसम्म हामी पछि हट्ने वा आराम गर्ने छैनौं।’
इजरायलले मङ्गलबार बिहान गाजामा फेरि हवाई आक्रमण सुरु गरेको थियो । अहिलेसम्म इजरायली आक्रमणमा परी ४१३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । यस हमलासँगै गाजा र इजरायलबीच जनवरी १९ मा भएको दुई महिना पुरानो युद्धविराम तोडिएको छ।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

