• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ बैशाख २०८३, शुक्रबार
१८ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित
  • १७ घण्टा 

२०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २० घण्टा 

तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह
  • २३ घण्टा 

खाना पकाउने ग्यासको मूल्य बढ्यो
  • २३ घण्टा 

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ : बालेन शाह
  • १ दिन 

नेपाल आयल निगमले घटायो पेट्रोलको मूल्य
  • १ दिन 

ट्राफिक प्रहरी कारबाहीबाट २४ घण्टामा १९ लाख राजस्व संकलन
  • १ दिन 

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव आज पनि कायमै : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १ दिन 

आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

  • २. पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • ६. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ७. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ८. Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show

  • ९. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • १०. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए नयाँ जीवन

जानकारी केन्द्र २०८२, जेष्ठ, १२

काठमाडौं । दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको कलेजो र मिर्गौलाबाट दुई जनाले नयाँ जीवन पाएका छन्।

भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एकै व्यक्तिको कलेजो र मिर्गौला दुई जनामा प्रत्यारोपण गरेको हो। केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठका अनुसार ती मृतक युवाको दुई महत्वपूर्ण अंगबाट ५३ वर्षीय पुरुषमा कलेजो र एउटा मिर्गौला तथा ४० वर्षीया महिलामा एउटा मिर्गौला प्रत्यारोपण गरिएको हो।

‘एउटै व्यक्तिका दुई अंग अन्य दुई जना बिरामीमा प्रत्यारोपण गरिएको नेपालमा यो पहिलो पटक हो,’ आइतबार पत्रकार सम्मेलनमा डा. श्रेष्ठले भने। श्रेष्ठका अनुसार दुबै बिरामीले अहिले स्वास्थ्यलाभ गरिरहेका छन्। एकै जनाको अंग दुई जनामा प्रत्यारोपण जटिल भए पनि अधिकतम् प्रयासबाट सम्भव भएको श्रेष्ठले बताए।

उनका अनुसार जेठ १ गते मोटरसाइकल दुर्घटनामा सख्त घाइते भएका ती युवकलाई काठमाडौं मेडिकल कलेज (केएमसी) सीनामंगल पुर्‍याइएको थियो। उनको केएमसीमा मृत्यु भयो। मृत्युपछि युवकका परिवारले  दुबै अंग कलेजो र मिर्गौला दान गर्ने घोषणा गरेपछि त्यही दिन प्रत्यारोपण गरिएको हो।

केएमसीकी डा. कल्पना घिमिरेले मस्तिष्क मृत्युपछि अंग प्रत्यारोपण गरेर अन्य व्यक्तिको जीवन बचाउन सकिने भन्दै मृतक युवकका परिवारसँग समन्वय गरेकी थिइन्। त्यसपछि तुरुन्तै ती युवकको मिर्गौला र कलेजो झिकेर कृत्रिम अक्सिजन दिई भेन्टिलेटरमा राखियो। मस्तिष्क मृत्युपछि १२ घन्टा नबित्दै अंक झिकेर सुरक्षित गर्न सकिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सम्भव हुन्छ।

डा. श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएको ६ घन्टाभित्र कलेजो झिक्न सकिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। त्यस्तै, ९ घन्टाभित्र मिर्गौला झिकेर सुरक्षित गरिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ।

‘जति ढिलो भयो उति अंगले काम गर्न नसक्ने भएकाले जतिसक्दो चाँडो मृत्यु भएका व्यक्तिबाट अंग निकालेर सुरक्षित राख्नुपर्छ, मृतक परिवारले यो कार्यमा हामीलाई एकदमै सहयोग गर्नुभयो,’ श्रेष्ठले भने। अंग पाएलगत्तै दुई जनालाई कलेजो र मिर्गौला प्रत्यारोपणको अप्रेसन थालिएको थियो। एक साता लामो प्रयासपछि दुबै जनामा सफलतापूर्वक अंग प्रत्यारोपण गर्न सफल भएको श्रेष्ठले बताए।

कलेजो प्रत्यारोपण गरेका व्यक्तिलाई ३० पोका रगत चाहिएको थियो। रगत तुरुन्तै उपलब्ध गराउन पीडित परिवारले सहयोग गरेको श्रेष्ठले बताए। दुर्घटनामा मृत्यु भएका व्यक्तिको पोष्टमार्टमलगायतका कानुनी रित पुर्‍याउन प्रहरीले छिट्टै पहल गरिदिएको थियो।

केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण गरिएको यो १२ औं पटक हो। यसैगरी, कलेजो प्रत्यारोपण गरिएको यो चौथो हो। हालसम्म केन्द्रमा ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ। प्रत्यारोपण कार्यमा केन्द्रका एक दर्जन चिकित्सक संलग्न थिए।

केन्द्रको इतिहासमा २०७३ सालमा पहिलोपटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सुरू गरिएको थियो। नेपाली चिकित्सक टोलीले नेपालमा २०७५ सालमा कलेजो प्रत्यारोपण गरेका थिए। दुबै प्रत्यारोपण डा. श्रेष्ठको नेतृत्वमा भएका हुन्। अंग प्रत्यारोपण एकदमै जटिल मानिन्छ। प्रधानमन्त्री केपी ओलीलाई दोस्रोपटक नेपालमै मिर्गौला प्रत्यारोपण गरिएको थियो।

यस्तै, केन्द्रमा २०७४ सालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण सुरू गरिएको थियो।

श्रेष्ठका अनुसार एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट आठ जनासम्मले पुनर्जीवन पाउन सक्छन्। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्यांक्रियाज र एक सानो आन्द्रा प्रत्यारोपण गर्न सकिन्छ।

सरकारी तहको केन्द्रमा हालसम्म १ हजार ४२१ मिर्गौला र ३४ कलेजो प्रत्यारोपण गरिसकिएको छ।

प्रत्यारोपणपछि उपचाररत् दुबै बिरामीले आइसियू कक्षबाटै भिडिओ सन्देशमार्फत् केन्द्रका चिकित्सक र अंगदाता परिवारलाई धन्यवाद ज्ञापन गरेका छन्। ‘म तीन वर्षदेखि मिर्गौला खोजिरहेको थिएँ, तर पाउन सकेको थिइनँ,’ ५३ वर्षीय पुरुषले भने।

अंग प्रत्यारोपण परिवारका आफन्तले दान गरे मात्रै सम्भव हुने गरेको छ। मस्तिष्क मृत्युपश्चात् अंग दान गर्न सकिने कानुन बनेपछि नेपालमा अंग प्रत्यारोपण सम्भव हुन थालेको हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग दान गर्ने परिवारलाई सरकारले दुई लाख र अंगदाता अस्पताललाई ७५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

‘यस कार्यले मृत्युपछि अंग दान गर्न परिवारलाई प्रोत्साहन भएको छ,’ श्रेष्ठले भने, ‘व्यक्तिको आकस्मिक मृत्युपछि अंगहरू खेर जान्छन्, तर अंग दान गरे अन्य व्यक्तिको जीवन बच्छ।’

तर, यसरी मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग दिने कुरामा परिवारका सबै सदस्यको अनुमति चाहिन्छ। एक जना परिवारको व्यक्तिले मात्रै सहमति नदिए पक्रिया अघि बढाउन नसकिने श्रेष्ठ बताउँछन्।नेपालमा मानव अंग खराब भएका व्यक्तिहरूलाई लक्षित गरी सरकारले २०६८ फागुनमा केन्द्रको स्थापना गरेको थियो। केन्द्रले सुरूमा डायलासिस सुविधा दिँदै २०६९ साल माघ ६ गतेबाट मिर्गौला प्रत्यारोपण सुरू गरेको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह
अस्पताल भित्र भिडियो खिच्न र बिरामीको अन्तरवार्ता लिन निषेध
लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ताजा

रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

२०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह

खाना पकाउने ग्यासको मूल्य बढ्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.