आगामी मौद्रिक नीतिका लागि गभर्नरलाई नाइमाले दियो यस्तो सुझाव
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई सुझाव दिएको छ ।
बुधबार गभर्नर पौडेललाई भेटेर नाइमाका पदाधिकारीहरुले गर्भनर भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मौद्रिक नीतिका लागि सुझाव दिएका हुन् । सुझावमा सबै प्रकारका सवारीका लागि ८०–२० प्रतिशत कर्जा अनुपात कायम गर्न आग्रह गरिएको जनाइएको छ ।
त्यस्तै चिनियाँ उत्पादनका सवारीका लागि चीनमा अवस्थित चिनियाँ कम्पनीहरुलाईमात्र चिनियाँ युआनमा एलसी (लेटर अफ क्रेडिट) खोल्न आयातकर्तालाई अनुमति भएकामा अब जुनसुकै देशको भए पनि आयातकर्तालाई चिनियाँ युआनमा एलसी खोल्न अनुमति दिन अनुरोध गरिएको छ ।
साथै कर्जाका लागि जोखिम भारित सम्पत्तिको दर अहिलेको सतप्रतिशतबाट ७५ प्रतिशतमा घटाउन पनि नाइमाले सुझाव दिएको छ । नाइमा अध्यक्ष रितु सिंह वैद्यसहितको टोलीले गभर्नर पौडेललाई भेटेर उक्त अनुरोधसहितको सुझाव दिएको बताइएको छ ।
सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

