आगामी मौद्रिक नीतिका लागि गभर्नरलाई नाइमाले दियो यस्तो सुझाव
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई सुझाव दिएको छ ।
बुधबार गभर्नर पौडेललाई भेटेर नाइमाका पदाधिकारीहरुले गर्भनर भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मौद्रिक नीतिका लागि सुझाव दिएका हुन् । सुझावमा सबै प्रकारका सवारीका लागि ८०–२० प्रतिशत कर्जा अनुपात कायम गर्न आग्रह गरिएको जनाइएको छ ।
त्यस्तै चिनियाँ उत्पादनका सवारीका लागि चीनमा अवस्थित चिनियाँ कम्पनीहरुलाईमात्र चिनियाँ युआनमा एलसी (लेटर अफ क्रेडिट) खोल्न आयातकर्तालाई अनुमति भएकामा अब जुनसुकै देशको भए पनि आयातकर्तालाई चिनियाँ युआनमा एलसी खोल्न अनुमति दिन अनुरोध गरिएको छ ।
साथै कर्जाका लागि जोखिम भारित सम्पत्तिको दर अहिलेको सतप्रतिशतबाट ७५ प्रतिशतमा घटाउन पनि नाइमाले सुझाव दिएको छ । नाइमा अध्यक्ष रितु सिंह वैद्यसहितको टोलीले गभर्नर पौडेललाई भेटेर उक्त अनुरोधसहितको सुझाव दिएको बताइएको छ ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
जगदम्बा मोटर्सद्वारा बुटवलमा आर जिपीः अपाचे रेसिङ क्वालिफायर्समा उत्साहजनक सहभागिताबीच १६० सीसीका तीन फाइनलिस्ट घोषित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

