नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
काठमाडौं । गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको नामी भिगो ई२ ले सार्वजनिक भएको छोटो समयमै नेपाली उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया र उच्च माग प्राप्त गर्न सफल भएको छ । त्यसका लागि एमएडब्लू वृद्धिले सबै ग्राहकलाई धन्यवाद दिएको छ ।
आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव र प्रतिस्पर्धी मूल्यका कारण फुल साइज एसयूभी भिगो ई२ प्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेकोमा एमएडब्लू वृद्धिले ग्राहकप्रति आभार व्यक्त गरेको छ ।
कम्पनीका अनुसार, यसअघि नेपाली बजारमा उपलब्ध नामी ई२ प्लसमा रहेका लोकप्रिय फिचरहरूलाई निरन्तरता दिँदै थप परिष्कृत गर्दै मुनरुफ हटाएर आएको भिगो ई२ ले आफ्नो सेग्मेन्टमा थप आकर्षण सिर्जना गर्न सफल भयो, अनि बुकिङको पनि ठूलो चाप रह्यो ।
सीमित अवधिका लागि ल्याइएको विशेष अफर र नयाँ मोडलले ग्राहकलाई भिगो ई२ खरिदका लागि थप आकर्षित गरेको देखियो । जसले चाडपर्वमा बिक्री गर्न सकिने संख्याभन्दा धेरै बुकिङ ६ दिनमै प्राप्त भएको कम्पनीको भनाइ छ।

त्यसैले छोटो समयमै प्राप्त अत्यधिक माग तथा रेकर्ड बुकिङका लागि सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गर्दै, रु। २ लाखको विशेष अफर समाप्त भएको र अब गाडीको मूल्य रु। ३७ लाख ९९ हजार कायम भएको जानकारी गराएको छ। अब घोषणा गरेको एमआरपी मूल्यमा बुकिङ निरन्तर भइरहनेछ ।
नामी भिगो ई२ प्रति नेपाली उपभोक्ताबाट प्राप्त भएको प्रतिक्रिया अपेक्षाभन्दा निकै उत्साहजनक रहेको बताइएको छ । सार्वजनिक भएको केही दिनमै प्राप्त भएको उच्च बुकिङले नेपाली बजारमा यस उत्पादनप्रतिको आकर्षण स्पष्ट देखाएको छ ।
स्किम सकिएको विषयमा एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त भन्छन्, ‘सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफरलाई उच्च मागका कारण नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त गर्नुपर्यो ।’
उनले नेपाली उपभोक्ताको विश्वास र मायाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षाअनुसार नयाँ तथा थप प्रतिस्पर्धी उत्पादनहरू उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ ।
अन्त्यमा, नामी भिगो ई२ प्रति नेपाली उपभोक्ताले देखाएको अपार माया, विश्वास र उत्साहका लागि कम्पनीले सम्पूर्ण ग्राहकहरूमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
