• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • ९ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • ९ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १० घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १३ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १७ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १७ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १८ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • २. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • ३. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

  • ४. पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत

  • ५. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • ६. मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

  • ७. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ८. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • ९. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

त्रुटी सच्याइन्छ, अमानवीय व्यवहार भने स्वीकार्य हुँदैन : मन्त्री ज्ञावली

admin २०७६, बैशाख, ७

वैशाख ७, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा कार्यान्वयन एवं सङ्घीयता कार्यान्वयन सफल पार्ने अभियानमा परिणाम देखिने गरी सहयोग पु¥याउन निजामती कर्मचारीलाई आह्वान गर्नुभएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित सङ्घीय निजामती सेवा ऐन तथा कर्मचारी समायोजनमा देखिएका समस्या र समाधानका उपाय विषयको कार्यक्रममा उहाँले संसद्मा विचराधिन विधेयकमार्फत कर्मचारीका वृत्ति विकाससम्बन्धी गुनासा सम्बोधन हुने विश्वास दिलाउनुभयो ।

मन्त्री ज्ञवालीले भन्नुभयो, “मुलुकको शासन पद्धति बदलीयसँगै भूमिका, कार्यशैली बदलीयको छ, लोकतन्त्रका लागि र लोकतन्त्रमा दल र सङ्गठनका भूमिका र कार्यशैली  फरक हुन्छ भन्ने पाटोलाई निजामती प्रशासनले बुझनु पर्दछ । कर्मचारीको मागप्रति सरकार गम्भीर र चिन्तित छ । गुनासा सम्बोधन हुनेछ, त्रुटी सच्याइनेछ तर अमानवीय व्यवहार भने स्वीकार्य हुन सक्दैन ।”

राज्यबाट प्रदान गरिने सेवा सुविधा जनताले पाउन सकेनन् भने कर्मचारीलाई प्रोत्साहन गर्नुको के औचित्य रहन्छ भन्दै उहाँले निजामती प्रशासनलाई जनताको सेवक हो भन्ने प्रष्ट पार्न सङ्गठनका पदाधिकारीलाई सुझाव दिनुभयो । प्रशासनिक नेतृत्वमा मात्र होइन, कयौँ राजनीतिक नेतृत्वमा समेत केन्द्रकृत मानसिकता रही आएको बताउँदै मन्त्री ज्ञावलीले सङ्घीयता नचाहने सङ्घ र प्रदेशबीच दूरी बढाउन गौँडा ढुकेर बसेको उल्लेख गर्नुभयो । रासस

यसअघि कार्यक्रममा सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाले मुलुकमा लोकतन्त्रका लागि भएका आन्दोलनमा निर्णय भूमिका निर्वाह गरेका कर्मचारीलाई स्वचालित संयन्त्रमार्फत चलाउनुपर्नेमा समायोजनका नाममा आँधिवेहरी ल्याउने काम भएको भनी गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरसर्र्ती हेर्दा समायोजनमा निष्पक्षता देखिए पनि केही जटिल समस्या र अप्ठेरो देखिएको छ, सहायकस्तरको हुम्ला स्थायी ठेगाना भएका कर्मचारीलाई भोजपुर पु¥याउने काम भएको छ, वृत्ति विकास र पदोन्नतिका कुरा अझै स्पष्ट हुन सकेका छैनन्, वस्तुनिष्ट ढङ्गबाट समायोजन हुन सकेको छैन ।”

सङ्गठनका उपाध्यक्ष लेखनाथ कोइरालाले निकै त्रास र अन्योलताबीच भएको समायोजनले कर्मचारीले आफूलाई अपमान भएको महसुस गरिरहेका कर्मचारीका गुनासा सम्बोधन गरेर सरकारले हौसल्ला प्रदान गर्नुपर्छ भन्नुभयो ।

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै सहसचिव तोयम रायले समायोजनमा प्रदेश र स्थानीय तहमा परेका कर्मचारीको सरुवा, पदोन्नति र अवकासपछि पाउने सेवा सुविधाको विषय प्रष्ट भएमा स्थानीय तहमा गएर काम गर्न कर्मचारी उत्साहित हुने छन् भन्नुभयो ।

मुलुक सङ्घीयतामा प्रवेशसँगै सरकारले सङ्घीय, प्रादेशिक र स्थानीय तहमा गरी एक लाख ३१ कर्मचारीको समायोजन गरेको थियो । सङ्घ र प्रदेशमा कर्मचारीको मागअनुसार कर्मचारीले समायोजन रोजेपनि स्थानीय तहमा भने अझै ठूलो सङ्ख्यामा कर्मचारीको अपुग छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट रहेको उक्त सङ्गठनमा निजामती सेवाका ३५ हजार सदस्य रहेको सो अवसरमा जानकारी दिइयो । उक्त सङ्गठनले प्रत्येक सदस्यका लागि एक लाख रकमसम्मको कल्याणकारी कोष स्थापना गरेको ६८ जिल्लामा सहकारी सञ्चालन गरेकामा दुई अर्ब रकम मौज्दात रहेको तथा ४० जिल्लामा सङ्गठनको घर र घडेरी बताइयो । समारोहमा निजामती सेवाबाट सेवा निवृत्त हुने भएका सङ्गठनका संस्थापक मुकुन्द पराजुलीलाई सम्मान गरियो । 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.