युवा ब्यबसायि सरोज घिमिरे भैसी पालन बाट मनग्य आम्दानी गर्दै
दिपक गौतम, ललितपुर संखु
ललितपुर स्थित कोन्ज्योसम गाउपलिकाको संखु मा ” संखु भैसी फार्म ” खोलेर ब्यबसायिक भैसी पालनमा लागेका सरोज घिमिरेले राम्रो आम्दानी गर्दै आएका छन । २०७५ भदौ बाट सुरुवात गरिएको फार्ममा परिवारका ५ जना सदस्यहरु आफै खट्ने गरेका छन । उनि हरुले भैसी पालनका लागि २५ रोपनी जग्गा लिएका छन भने आधुनिक गोठ फल्सिंग राखेर १८ लाख भन्दा माथिको लगानीमा निर्माण गरेको बताएका छन।
एउटा भैसी लाइ १ लाख देखि १ लाख ४० हजार सम्म पर्ने बताएका छन सुरुवाती अवस्थामा ४ वटा भैसी बाट सुरुवात गरिएको सो ब्यबसायमा अहिले १७ वटा भैसी पालिएको छ भने गोठको क्ष्यमता २० वटाको भएपनि यसलाई अझै बढाएर ३० वटा सम्म भैसी पालन गर्ने योजनामा रहेको घिमिरेले बताएका छन ।
अहिले करिब ७० देखि ८० लिटर दुध उत्पादन हुने बाताइएको छ यस ब्यबसायको उन्नतीको लागि वडा कार्यलय तथा गाउपलिका बाट सहयोग अपेक्षा गरिएको ब्यबशायीले बताएका छन् २० वटा भैसी पालन गर्न आफ्नै २५ रोपनी जग्गा पर्याप्त हुने तथा घास पात किन्न नपर्ने साथै मकै धेरै मात्रामा उत्पादन हुने हुदा मकैको पिठो भैसीको लागि बिशेष दिने गरिएको बताइएको छ । बारी बाट २० देखि २५ मुरी तोरी साथै ७० देखि ८० मुरी मकै उत्पादन हुने घिमिरेले बताएका छन ।
सरकारले युवालाई स्वदेशमै कृषि ब्यबसायमा उन्मुख गरेर स्वोबलम्न बनाउदै बैदेशिक रोजगारी घटाउने नीति अनुरुप स्वदेशमै कृषि ब्यबसाय बाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण घिमिरे परिवारले दिएको पाइन्छ ।
हेर्नुहोश भिडियोमा व्यबसायिक भैसी पालन
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
