• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

कंक्रिट सहरका हराभरा कौसी

पोखरा। पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुनुहुन्छ । तर अचेल उहाँको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’ उहाँ पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी परिचित हुन थाल्नुभएको छ । पन्ध्र वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित तरकारीमा आत्मनिर्भर एक सफल कृषक बन्नुभएको छ । कौसीमा सामान्यतया तरकारी खेती गर्ने त अहिले सोख नै भएको छ । तर उहाँ भने कौसीकै तरकारीबाट आत्मनिर्भर भएकोले उहाँको सफलताले अहिले यहाँ चर्चा पनि पाउने गरेको छ ।

बिहान जुरुक्क उठ्दा उहाँको घर अगाडिबाट कैयौँ मानिस बिहानको हिँडाई (मर्निङ वाक) मा देखिन्छन् । तर उहाँको बिहान भने कौसीमा तरकारीसँगै बित्ने गर्दछ । उहाँ सामान्य व्यायामपछि तरकारीको हेरचाहमा व्यस्त हुनुहुन्छ । मौसमी तरकारीका बेर्नादेखि डोरीमा लहलह फलेका काँक्रो, घिरौँला, लौका, सागहरु भ्यान्टा, खुर्सानी गोडमेल र तिनमा एक नजर लगाएपछि उहाँको बिहानको एक-डेढ घण्टा वितिहाल्छ । थापा भन्नुहुन्छ, “पसिना बगाएसँगै हुर्केका फलहरुमा भेटिएको खुशीको कुनै मुल्य नै नहुने रहेछ ।” “जति आफूले खाँदा आनन्द आउँछ त्यति नै अरुलाई बाँडेर खान पाउँदा पनि मज्जा लाग्छ” आफ्नो अनुभव उहाँले यसरी सुनाउनुभयो ।

बौद्धिक कृषक परिवारमा हुर्के बढेको प्रभावले कृषि कर्ममा जोडिनुभएकी थापा भन्नुहुन्छ ,“म बौद्धिक कृषक परिवारमा जन्मेँ, मलाई माटोसँग खेल्न सानैदेखि मन पथ्र्यो, सहर बजारमा पर्याप्त जग्गा नभएपछि कौसीमा तरकारी लगाउन थालेँ, घरको भान्छामा खेर गएको फोहोरलाई कम्पोष्ट मल बनाएर प्रयोग गर्दा फोहोर व्यवस्थापन पनि भयो भने ताजा तरकारी खान पनि पाइयो ।” थापासँग कौसीमा कुनै एक याममा दुई सय केजीसम्म तरकारी फलाएर जोखेको अनुभव पनि छ । कौसी खेतीमा उत्पादन गरेको तरकारीले गत वर्ष हेमजाको आलु महोत्सवमा प्रथम पुरस्कार पनि हात पार्न सफल भएको थियो ।

थापाको पछिल्लो दिनचर्या कौसीमा तरकारी लगाउन चाहानेहरुलाई तालिम दिन र आवश्यक परामर्शमा जुट्ने गरेर बितेको छ । “अहिले त सहर बजारका धेरै महिला कौसी खेतीतर्फ आकर्षित हुन थाल्नुभएको छ, तर फेसन जस्तो गरेर कौसीखेती गर्दा महँगो हुन्छ । घरमा भएका पुराना भाँडाकुँडा जे छ त्यसैलाई सदुपयोग गर्दै, भान्साको फोहरलाई व्यवस्थापन गर्दै यो खेती गर्दामात्र सस्तो पर्न जान्छ,” उहाँले भन्नुभयो । सामाजिक सञ्जालमा देखाउन गरिने कौसी खेतीले आर्थिक भार पर्न जाने अनुभव पनि उहाँले सुनाउनुभयो । पोखरा महानगरपालिकाले वडा–वडामा कृषि सञ्जाल गठन गरेको छ । उहाँ वडा नं ८ को संयोजक रहनुभएको छ ।

थापाले यस वडाका करिब छ सय जनालाई तालिम पनि दिनुभएको छ । यतिखेर वडा नं ८ का अधिकांश घरका छतमा तरकारी लहलह भएको देख्न सकिन्छ । थापाको तालिम र परामर्श यो हरियालीको मुख्य कारक हो भन्न सकिन्छ । पोखरा महानगरपालिका–८ न्यूरोडकी सवि शेरचन गौचन बिहान आँखा खोल्ने बित्तिकै कौसी खेती सम्झनुहुन्छ । जुरुक्क उठेर कौसीमा आफूले लगाएको तरकारी दिनप्रतिदिन हर्लक्कै बढेको, फुल फक्रँदै गरेको दृश्यले निकै प्रफुल्लित भएको देख्दा आनन्द लाग्ने उहाँ बताउनुहुन्छ । बिहानको चिसो हावासँग हरियो साग धनियाँ, लसुनलगायतका थाँक्रामा झुलिरहेका घिरौँला, सिमी देख्दा परिश्रम अझै गर्न मनलाग्छ र मेहनेतले नै खुशी दिने रहेछ भन्ने पनि लाग्छ उहाँ भन्नुहुन्छ ।

गौचन भन्नुहुन्छ, “बन्दाबन्दीको दिनचर्या कौसी खेतीमा विताएँ, धेरै कुरा सिक्ने अवसर पनि मिल्यो, गरेपछि त सबै हुने रहेछ ।” पोखराको महेन्द्रपुलमा नोभा इन्टरनेशनल इन्ष्टिच्यूटको डाइरेक्टर गौचन आजीवन सहकारी संस्थाले आयोजना गरेको तालिमबाट प्रेरित भएर कौसी खेतीमा जुटेको बताउनुभयो । “अहिले घरकै पुराना बाल्टि, ड्रम, गमलादेखि प्लाष्टिकका अन्य सामग्री किनेर १० थरी तरकारी लगाएकी छु,” गौचनले भन्नुभयो । गौचनको कौसीमा लसुन, प्याज, धनिँया, विभिन्न थरिका साग, घिराँैला, लौका, काँक्रो, सिमी, कागती, जिम्मु, पुदिना, भ्यान्टा, कुरीलोलगायतका तरकारी छन् । लटरम्म फलेका कागती हेर्दै रहरलाग्दो भएको छ ।

तरकारीसँगै मुन्तला, स्टेबेरी, अम्बा, पपिनो मेलेन फलफूलका विरुवा पनि हुर्काइरहनुभएको छ । भान्साबाट निस्केका फोहोरको व्यवस्थापन गर्दै कम्पोष्ट मल बनाउनुभएको छ भने हावाहुरी र असिना पानीबाट जोगाउन टनेल समेत निर्माण गर्नुभएको छ । पोखरा चिप्लेढुङ्गामा गुन्यूचोली बुटिक सञ्चालन गर्दै आउनुभएकी सुषमा थापा पाण्डे पनि आफ्नो व्यस्तता छिचोलेर कौसी खेती गर्दै आउनु भएको छ । कृषिकर्मसँग रमाउन मन पराउने उहाँ शहरबजारमा पर्याप्त जग्गाको अभाव भएपनि कौसीको गमलामा तरकारी लगाएर रहर पूरा गरेको बताउनुहुन्छ । पोखरा– ७ मुस्ताङ्चोकस्थित उहाँको घरमा अहिले लौका, घिरौँला, बोडी, काँक्रा लहलह भएका छन् । बाह्रमासे लसुन धनिँया, पुदिना भने टुट्दैन ।

समयको व्यवस्थापनका विषयमा पाण्डे भन्नुहुन्छ “कौसीमा विहान आधादेखी एक घण्टा समय दियो भने हराभरा हुन्छ, घरैमा फलेको अर्गानिक तरकारी टिपेर भान्सामा लान पाउनुको मज्जा पनि बेग्लै हुन्छ ।” उहाँले २५ वटा माछाका क्यारेट, पुराना ग्यालिन, बाल्टिलाई तरकारी फलाउने भाडाको रुपमा प्रयोग गर्दै आउनुभएको छ । भैँसी, कुखुराको मल र पीनाको प्रयोगसँगै भान्साबाट निस्कने फोहोरको व्यवस्थापन गर्दै कौसी खेतीमा प्रयोग गर्नुभएको छ । सामाजिक सञ्जालमा कौसी खेती ग्रुपमा जोडिएर तरकारीमा देखिने समस्याको बारेमा पनि छलफलमा जुट्नुहुन्छ । कुन मौसममा के लगाउने, कसरी लगाउने, मर्न थाले कसरी जोगाउने भन्ने बारे कौसी खेती कृषकहरुले आ–आफ्ना अनुभव र विज्ञता साट्ने गर्छन् । यसले कौसी खेतीप्रति लगाव झन् बढ्दै गएको उहाँको अनुभव छ ।

कौसी खेतीको बारेमा टोलबासीलाई तालिम दिँदै आउनुभएका सेवानिवृत्त क्षेत्रीय कृषि तालिमका प्रमुख बेदकुमार श्रेष्ठ अहिले छतमा फलाउने र भान्सामा पकाउनको लागि कौसी खेतीको महत्व बढ्दै गएको बताउनुहुन्छ, “सानो ठाउँमा घरकै भान्साको फोहोरलाई व्यवस्थापन गरेर नै कौसीमा अर्गानिक तरकारी फलाउन सकिन्छ, यसले घरको शोभा पनि बढाउँछ” कौसी खेतीका लागि मौसम अनुसारको विरुवा छनोट गर्नुपर्ने र हाइब्रिड जातका तरकारी उपयुक्त हुने उहाँको भनाइ छ । पोखरामा अत्यधिक पानी, असिना पर्ने भएकाले कौसीमा लगाएको तरकारी बाली एकैछिनमा नष्ट हुनेतर्फ सतर्क हुनुपर्ने र पूर्व तयारीका साथ कौसीमा तरकारी लगाउनु पर्ने श्रेष्ठले भनाइ छ । पछिल्लो समय शहरबजारमा पर्याप्त जग्गाको अभाव हुन थालेपछि कौसी खेतीतर्फ सहबासीको आकर्षण बढ्न थालेको छ ।

त्यस्तै आयातित तथा बजारका तरकारीमा विषादीको मात्रा अत्यधिक प्रयोग हुने गरेका समाचारहरुका कारण पनि अधिकांशले घरको कौसीमै भएपनि धेरेथोर तरकारी लगाउन थालेको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । उहाँले भन्नुभयो “कंक्रिटमा परिणत भइरहेको पोखरा सहरको अधिकांश घरको कौसी हराभरा देखिन थालेको छ” कडरियाका अनुसार कौसी तथा करेसाबारी र बरण्डालाई समेत सहरी कृषिभित्र समेटेर महानगरले प्रवद्र्धनात्मक कार्य गर्दै आएको छ । पोखरा कृषि मोबाइल एप्सबाट पनि कौसी खेतीको बारेमा जानकारी लिन सकिन्छ ।

सङ्घीय र प्रदेश सरकारको नीति तथा कार्यक्रमा समेत कौसी खेतीलाई समेटिएकाले पनि यसको महत्वलाई उजागार गरेको उहाँको भनाइ छ । महानगरले सबै वडामा कृषि सञ्जाल गठन गरी आमा समूह, टोलविकास संस्थालाई तालिम दिँदै आएको छ । महानगरका तेत्तीस वटा वडामध्ये ११ वटा मुख्य सहरी क्षेत्रभित्र समेटेर कौसी खेती कार्यक्रमलाई प्रभावारी बनाउँदै लगिएको छ । त्यसैगरी महानगरले यो वर्ष कौसी खेतीकालागि ११ लाख बजेट समेत छुट्टाएको छ । वडा नं ८ लाई कौसी खेतीको लागि ‘पाइलटिङ’ गरिरहेको र हालसम्म महानगरले करिब तीन हजार जना कौसीखेती किसानलाई कम्पोष्ट विन उपलब्ध गराएको कडरियाले जानकारी दिनुभयो ।

महानगरले कौसी खेती गर्ने किसानलाई आवश्यक पर्ने मल प्रविधि, विरुवा, गमला, कोकोपिट, कम्पोष्ट विन लगायतमा पचास प्रतिशत अनुदान दिँदै आएको छ भने अर्गानिक विषादी पनि वितरण गर्दै आएको जनाएको छ । कौसी खेतीमा बढी आयातित हुने लसुन, प्याज लगायतका तरकारी लगाउन जोड दिएको छ भने एक घर एक कागती भन्ने अभियानलाई पनि सँगसँगै लगेको उहाँको भनाइ छ । महानगरले स्वच्छ र हराभरा महानगर भन्ने अभियानमा कौसी तथा करेसाबारीलाई पनि जोडेर लगेको छ ।

कडरियाले शहरभित्र कहिकतै बाँझो जमिन देखिए पनि तरकारी लगाउने प्रवृत्ति बढ्न थालेपछि सानो–सानो परिवार कौसी तरकारीमा आत्मनिर्भर बन्न थालेको बताउनुभयो । “अहिले बारीमा नभएका धेरै कुरा पनि कौसीमा हुन थालेको छ” कडरियाले भन्नुभयो । उहाँका अनुसार अहिले महानगरमा एकलाख ६० हजार घरधुरी छन् जसमा यहाँका आवासीय (रेसिडेन्सियल) घरहरुका लागभग ७० प्रतिशत घरको छतमा धेरै थोरै कौसी र करेसाबारी सञ्चालन भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.