महोत्तरीबाट बेपत्ता भएका ७ जना बालिका र किशोरी भारतमा भेटिए
काठमाडौं: महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका सातजना बालिका र किशोरी भारतीय शहरमा भेटिएका छन्। उनीहरु नेपाली सीमाभन्दा ५ किलोमिटर टाढा रहेको बिहार राज्यको सीतामढी जिल्लाको सुरशन गाउँमा भेटिएको भन्ने सूचना पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाकारी दिए। उनीहरु फेला परेको ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गएको भट्टराईले बताए।
‘मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई सीमावर्ती भारतीय जिल्ला सितामढीको सुरशन गाउँमा पुर्याएको आशंका छ, ‘उनले भने, ‘ यहाँबाट सुरक्षाकर्मीको टोली भारत गएको छ। सीमा नाकाबाट कसरी भारत पुगे भन्ने अनुसन्धान गरिरहेका छौं।’ उनीहरुलाई भारतीय सुरक्षा निकायसँग समन्वय गरेर नेपाल फर्काउने तयारी भइरहेको पनि भट्टराईले बताए।
बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन्। उनीहरु मंगलबार दिउँसो १ बजे घाँस काट्न गएका थिए। साँझ अबेरसम्म घरमा नआएपछि खोजतलास सुरु भएको थियो।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
