साफ यू-२० च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने
जानकारी केन्द्र
२०७९, श्रावण, ११
काठमाडौं । भारतको भुवनेश्वरमा आयोजित साफ यू-२० च्याम्पियनसिपमा आज नेपाल आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्ने भएको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाल र श्रीलंकाबीच साँझ सवा ७ बजे(नेपाली समय) खेल सुरु हुने जनाइएको छ । नेपालले पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित हासिल गरेको थियो । नेपालले आजको खेलमा श्रीलंकालाई हराई फाइनल यात्रा तय गर्ने लक्ष्य लिएको छ । श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो ।
नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले श्रीलंका विरुद्धको खेलमा अझ राम्रो प्रदर्शन गर्ने दाबी गरेका छन् । पाँच टिम सहभागी च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिम फाइनलमा पुग्ने छन् ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
