• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ६. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

पहिराले रामपुर नहर बन्द हुँदा धानबालीमा असर

काठमाडौँ । पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर पहिराले बन्द भएको छ । गत असोजको अन्ततिर परेको अविरल वर्षाले नहरका विभिन्न ठाउँमा क्षति पु¥याउँदा बन्द हुन पुगेको हो । नहर बन्द भएपछि धानबालीमा असर परेको किसानको गुनासो छ ।

रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको यस नहर पहिराले बन्द हुँदा धानबालीमा सिँचाइको समस्या निम्तिएको छ । पसाउन लागेका, कोही पसाउँदै गरेको अवस्थामा रहेको धानबालीलाई पर्याप्त सिँचाइ दिन नपाउँदा उत्पादनमा ठूलो असर पर्ने रामपुर–३ मटेरी बस्ने विष्णु गौतम बताउछन् ।

“नहरमा पानी बन्द भएको करिब १० दिन भइसक्यो, धानलाई मुख्य सिँचाइ दिनुपर्ने समयमा सिँचाइ गर्न नपाउँदा वर्ष दिन खाने खेतीको उब्जनी नै घट्दा हामी किसान मारमा परेका छौँ”, उनले भने । धान रोप्ने समय, गोडमेल गर्ने, पसाउने समयमा बर्सेनि नहरमा पहिराले क्षति पुगेकै हुन्छ । यसले गर्दा किसानले बाली लगाएर ढुक्कसँग उत्पादन लिन पाइन्छ या पाइँदैन सधैँ अन्योलमै खेती गर्न बाध्य छन् ।

हेडबक्स नजिकै सोलीघोप्टे र जामुनेमा करिब २५–२५ मिटर, कमिरेको दुई स्थानमा १५–१५ मिटर, रजघराको कामीगाउँबाट तल २५ मिटर पहिरो खस्दा नहरमा पानी बन्द भएको उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मीले बताए। “पहिरो पन्छाउने काम भइरहेको छ, ठाउँ–ठाउँमा नहरदेखि माथिका भागबाट ठूला–ठूला ढुङ्गासहित पहिरो खसेकाले काम गर्न समय धेरै लागेको हो”, उनले भने, “अबको दुई–तीन दिनभित्रमा काम सम्पन्न गरेर पानी सञ्चालन गर्नेछौँ ।”

अध्यक्ष रेग्मीका अनुसार हाल विभिन्न ठाउँमा गरी दैनिक ३८ कामदार परिचालन गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सानो बजेटले काम गर्न उपभोक्ता समितिलाई कठिनाइ परेको छ । “नहरलाई व्यवस्थित बनाउन बजेट अभाव छ, पुरानो संरचना मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छन्, पुनःनिर्माणमार्फत काम गर्नुपर्ने देखिएको छ, सानो बजेटले काम गर्न गाह्रो छ, यसका लागि माथिल्लो निकायमा बजेट माग गरिरहेका छौँ”, उनले भने ।

गत वर्ष लुम्बिनी प्रदेश सरकारमार्फत रु ५० लाख बजेट प्राप्त भई विभिन्न ठाउँमा मर्मतसम्भारको काम भएको र यस वर्ष केन्द्रबाट रु ८० लाख बजेट परेको उनले जानकारी दिए । निस्दीखोलाको पानीलाई सोलीघोप्टे नजिकै बाँध बाँधेर विसं २०४६ मा रामपुरमा झण्डै २२ किमी परबाट सिँचाइका लागि पानी ल्याइएको हो । २०४६ फागुन १० गते नहरको विधिवतरूपमा उद्घाटन गरिएको थियो ।

नहरमा पहिरो गएपछि इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्याल, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक मोहन खत्री क्षेत्री र नहरका उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मी, पत्रकारसहितको टोलीले मङगलबार स्थलगत निरीक्षण गरेको छ ।

धानबालीमा आवश्यक सिँचाइ दिनुपर्ने समयमा नहरमा पानी बन्द हुँदा किसान मारमा परेकाले जतिसक्दो चाँडो काम सम्पन्न गरेर पानी सञ्चालन गर्न उपभोक्ता समितिलाई इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले निर्देशन दिएका छन् ।

“माथिबाट खसेको पहिराले क्षति पु¥याएको रहेछ, पुराना संरचना ठाउँ–ठाउँमा स्तरोन्नति गर्नुपर्ने देखिएको छ, यस नहरबाट सिँचित क्षेत्र ठूलो भएकाले नहरलाई व्यवस्थितरूपमा मर्मतसम्भार गर्नुपर्नेछ”, प्रमुख अर्यालले भने ।

साविक रामपुर, दर्छा र खालिवन गाउँ विकास समितिका तल्लो क्षेत्रमा रहेका जमिनलाई सिँचाइ गर्नका लागि ठूलो लगानीमा नहर निर्माण गरिएको हो । यहाँ रामपुर नहर सञ्चालनमा ल्याएपछि बाँझिएका जमिन सदुपयोगमा आएका छन् । यस नहरसँग चार हजार नौ सय घरधुरीका उपभोक्ता आबद्ध छन् ।

एक हजार दुई सय हेक्टर कुल क्षेत्रफल रहे पनि हाल सात सय ७० हेक्टर जमिनबाट सिँचाइ सुविधा उपभोग गरेवापत प्रतिरोपनी रु १२० का दरले सेवा शुल्क उपभोक्ता समितिले उठाउँदै आएको छ । नहरबाट सिञ्चित क्षेत्रफल घट्दो र मालपोत कार्यालयबाट लगत कट्टा हुने क्रम बढ्दो छ । नहरको रेखदेखका लागि वर्षायाममा छ र हिउँदमा तीन जना हेरालु राखिएको छ । मूल नहरबाट पाँच शाखा र ४२ उपशाखा रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    ताजा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?
    • राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.