प्रहरी वृत्त अनामनगरसँगैको सार्वजनिक जग्गामा आकर्षक उद्यान बनाइने
जानकारी केन्द्र
२०७९, कार्तिक, २
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ स्थित अनामनगर प्रहरी वृत्तसँगै रहेको सार्वजनिक जग्गामा आकर्षक उद्यान निर्माण गरिने भएको छ । उद्यान निर्माणका लागि वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट रु ४० लाख बजेट विनियोजन भएको वडाध्यक्ष कुश ढकालले जानकारी दिए ।
राजधानीका सार्वजनिक जग्गामा उद्यान निर्माण गरी संरक्षण गर्ने उद्देश्यले बजेट व्यवस्था गरिएको हो । उद्यान निर्माणस्थलको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले स्थलगत अनुगमन गरेका छन् । सो अवसरमा मन्त्री श्रेष्ठले बजेट विनियोजन भइसकेकाले चालु आर्थिक वर्षमै आकर्षक उद्यान निर्माण गरिने जानकारी दिए । उद्यानको संरक्षण प्रहरी वृत्तले गर्ने भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वमा महानगरपालिकाका विभिन्न स्थानमा अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षणको कामसमेत भइरहेको छ
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
