• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ बैशाख २०८३, बुधबार
१६ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १९ घण्टा 

नेप्सेमा २५.८१ अंकको गिरावट
  • १९ घण्टा 

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
  • २१ घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • २४ घण्टा 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • १ दिन 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

  • ३. २०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

  • ६. आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह

विद्युतीय मोटरसाइकल आविष्कारक सोहनको परिवारमा खुसी

जानकारी केन्द्र २०७९, कार्तिक, २

काठमाडौँ । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत कैनीले विद्युतीय मोटरसाइकल आविष्कार गरेको खबर फैलिएपछि उनको घरमा मोटरसाइकल अवलोकन गर्नेको भीड लागेको हो ।

नयाँ आकार र प्रकारको मोटरसाइकल आविष्कार भएपछि सोहनकी आमा बसन्तीलाई मोटरसाइकल अवलोकन गर्न आउनेलाई स्वागत गर्न भ्याइनभ्याइ छ । व्यवस्थापन विषयमा अध्ययनरत १६ वर्षीय कैनीलाई घरमा पुग्नेलाई आफ्नो प्रतिभाबारेमा जानकारी दिन निकै व्यस्तता छ । सोहनको प्रतिभालाई अनौठो मान्दै त्यहाँ पुग्नेहरुले प्रशंसा गरिरहँदा बसन्तीमा खुसीको सीमा नै थिएन ।

उनले भने,“छोराले गरेको कामलाई मान्छेले अनौठो मान्दै स्यावासी दिँदा आफूलाई गौरवको अनुभूति भइरहेको छ”, उनले थपे, “सानो कक्षामा पढ्दा उनले घरमै पनि विद्युत् आपूर्ति बन्द भएको बेला पनि ब्याट्री र तारको प्रयोग गरेर बिजुली बत्तीको उज्यालो बनाउने र पङ्खा चल्ने बनाउँथ्यो, यसबाहेक धातुका टुक्रा जम्मा गरेर कहिले खेलौना आकारको गाडी बनाइरहन्थ्यो ।”

सोहनले एसइई परीक्षा दिइसकेपछिको खाली समयमा ग्यारेजमा मोटर मर्मतसम्बन्धी काम सिकेका थिए । कोरोनाको महामारीको समस्या बढ्दा पूरा समय काम सिक्न नपाएको समस्या बताउँदै उनले भने,“आफै घरमा नेट इन्टरनेटको प्रयोगबाट अहिले यो विद्युतीय मोटरसाइकल आविष्कार गर्न सफलता मिल्यो ।”

कमजोर आर्थिक अवस्थाका कारण विद्युतीय मोटरसाइकल बनाउन चाहिने पाटपूर्जा र अन्य सामग्री जुटाउन सोहनलाई आर्थिक समस्या थियो । कमजोर आर्थिक अवस्थाका कारण मोटरसाइकल आविष्कारको कामका लागि आर्थिक समस्या देखिँदा आमा बसन्तीले ऋण खोजेर भए पनि छोराको योजना सफल बनाउने जुक्ति निकाले । फलस्वरुप महिला समूहबाट रु एक लाख ५० हजार ऋण निकालेर छोरा सोहनको योजनालाई साथ दिए ।

“घरमा पैसाको अभाव हुँदा वडा सदस्य माया ताम्राकारको सहयोगमा महिला समूहबाट ऋण निकालेर छोराको कामलाई सघाउन सके”, बसन्तीले भनिन्,“ मोटरसाइकल आविष्कारमा सफलता पाएपछि वडा कार्यालयले रु ५० हजारको सहयोग गर्ने बचन दिएको छ ।”

सोहनकी बज्यै गौरीदेवी ताम्राकारले मोटरसाइकल आविष्कार गर्न नाति सफल हुँदा आफ्नो जीवनमा सबैभन्दा खुसी भएको बताइन् । जाइँ गाउँका झङ्र ओडले विद्युतीय मोटरसाइकल आविष्कार गर्ने कुरा देशका लागि ठूलो उपलब्धिको विषय भएको बताइन् ।

कैनीलाई यो मोटरसाइकल तयार गर्न दुई महिना लागेको थियो । लागत रु एक लाख पचास हजार परेको छ । ओडले भने,“पेट्रोलबाट चल्ने मोटरसाइलमा पर्ने मूल्यसँग प्रतिस्पर्धा गर्नसक्ने गरी यसलाई अझैँ स्तरीय बनाउन सकेमा देशकै लागि ठूलो उपलब्धि हुनसक्छ ।” आफूले पहिलो पटक मोटरसाइकल चलाउन सिक्दै गर्दा आफै मोटरसाइकल बनाउनुपर्छ र अरुले बनाएको मोटरसाइकल किन चलाउने भन्ने सोच आएको कैनीले बताए ।

अहिले बजारमा पाउँने मोटरसाइकल ‘सेल्फ स्टार्ट’ प्रबिधीका रहे पनि कैनीले बनाएको मोटरसाइकलमा फ्रिङ्गर प्रिन्ट प्रयोग गरेर चाबी अन गर्दा स्टार्ट हुन्छ । यो मोटरसाइकल चलाउन फिङ्गर प्रिन्ट र चाबी दुवै आवश्यक पर्छ ।

मोटरसाइकलका लागि सोरुममा पाउने पाङ्ग्रा लगायतका पाटपूर्जा र विद्युतीय तार प्रयोग गरिएको छ । मोटरसाइकलमा एक देखि एक सय २७ फिङ्गर प्रिन्ट एड गर्न सकिने कैनीले बताए । १२ भोल्टेजका चार बटा ब्याट्री जडान गरिएको छ । जसका कारण एक पटक ब्याट्री रिचार्ज गर्दा ५५ किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्ने जनाइएको छ ।

एकपटक ब्याट्री रिचार्ज गर्दा ६० देखि ६५ किलोमिटरको दूरीसम्म चल्न सक्ने बनाइएको छ । विद्यार्थी कैनीले आगामी योजनाबारे भन्नुभयो, “सहयोग पाएमा आगामी दिनमा अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ह्वील चियर बनाउने सोच बनाएको छु, देशमा उपलब्धता हुन नसकेको साधन बनाउने प्रयासमा छु ।”

दुई दिनअघि धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख गोपाल हमालले मोटरसाइकल आविष्कार गर्ने कैनीलाई बधाइँ दिँदै आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । पेट्रोलियम पदार्थको मूल्य महिनैपच्छिे बढ्दै गएको बेला यसको खपत घटाउन र विद्युत्को उपयोग बढाउन कनैले गरेको आविष्कारको सबैतिर प्रशंसा भइरहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्सेमा २५.८१ अंकको गिरावट
यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

ताजा

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा २५.८१ अंकको गिरावट

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.