नेविसंघले लगाएको ताला साढे ३ महिनापछि खुल्यो
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघले लगाएको ताला साढे ३ महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघ र त्रिवि वार्ता समितिबीच हिजो बुधबार ८ बुँदे सहमति भएपछि ताला खुलेको हो ।
ताला खुलेसँगै अब नियमित पठनपाठनलगायत सम्पूर्ण काम चालु हुनेछ । दिउँसो त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तापछि त्रिविका विभिन्न निकायमा नेविसंघले लगाएको ताला खोलिएको थियो । वार्ता गर्न नेविसंघका निवर्तमान अध्यक्ष सम्झना केसी नेतृत्वको टोली त्रिवि पुगेको थियो ।
त्रिविको तर्फबाट वार्ता समितिका संयोजक एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा। पशुपति अधिकारीले दुई पक्षबीच सम्झौता भएपछि हिजैबाट ताला खुलेको जानकारी दिए ।
असार २७ गतेबाट लागेको ताला खुलेपछि विद्यार्थीले फेरि ताला नलगाउने बताएका थिए । नेविसंघको तर्फबाट श्यामराज ओझा, विष्णुबहादुर वडैला, रमेश भण्डारी र विष्णु जैशीको उपस्थिति रहेको थियो । त्रिविको तर्फबाट संयोजक अधिकारी, सदस्यद्वय सहप्राध्यापक विष्णुबहादुर वाग्ले र हिक्मतबहादुर रायाको उपस्थिति रहेको थियो ।
सहमतिअनुसार व्यवस्थापन संकाय बीबीएतर्फको २२ र २५ असारमा लिइएको परीक्षाका प्रश्नपत्रहरूमा देखिएको समस्याका विषयमा अध्ययन समिति गठन गरिनेछ । त्यस्तै, मानविकी संकायको परीक्षा सम्बन्धमा गठित समितिका संयोजक प्राडा। घनश्याम भट्टराईको प्रतिवेदनबाट दोषी देखिएका व्यक्तिउपर कारबाही गर्ने सहमति भएको छ ।
त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका तथा संस्थानको परीक्षा प्रणालीमा रुटिनहरू देखिएकाले सम्पूर्ण पक्षहरूलाई अध्ययन गरी डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले ३ महिनाभित्र कार्यविधिहरू तयार गरी कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।
सहमतिअनुसार त्रिवि परीक्षा नियन्त्रण कार्यालयले गर्ने काम क्षेत्रीय पनिकाबाट गर्ने सहमति भएको छ । सहमतिपछि बोल्दै नेविसंघ वार्ता समितिका संयोजक केसीले माग पूरा गर्न दुवै पक्ष संवेदशील हुनुपर्ने बताए । उनले भने,– ‘ताला खोलिएको छ, अब दुवै पक्ष संवेदनशील भएर सहमति पालना गर्नेतर्फ लाग्नुपर्छ ।
विद्यार्थी छात्रवृत्तिका लागि सेन्ट्रल पोर्टल निर्माण गरी कार्यविधि ३ महिनाभित्र तयार गर्ने र कार्यान्वयनमा ल्याउने, त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने, त्यसका लागि सेमेस्टर प्रणालीअन्तर्गत ३ महिनाभित्र र वार्षिक प्रणालीको ५ महिनाभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउने सहमति नेविसंघ र त्रिविबीच भएको छ । नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

