• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १४ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १४ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • २. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ३. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • ५. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ६. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • ७. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ८. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • १०. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

उपयोग हुन छाड्यो बैलगाडा

जानकारी केन्द्र २०७९, कार्तिक, ३

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका– ३ का लप्टन चौधरीलाई बैलगाडा लहरु मा टाढाको गाँउमा पाहुना लाग्न गएको सम्झना अझै ताजै छ । लहरुमा रमाईलो गर्दै यात्रा गर्नुको तत्कालीन परिवेश झल्झली याद आउने गरेको उनले बताए ।

“पारिवारिक भेटघाट, विवाह, भोजभतेरलगायतका अन्य कार्यमा घर देखिटाढा जाँदा लहरुको प्रयोग ल्याइने गरिनथ्यो”, उनले भने, “विगतका ती रमाइला क्षणको वर्णन जति गरे पनि कम हुन्छ, एक जनाले लहरु हाक्थ्यौँ, अरुले गन्तव्यमा जाँदा कथा, कहानी, चुट्किलासँगै रमाईला कुराकानी गरेर बाटो काटेको थाहै हुँदैनथ्यो ।” सवारीको साधनको रुपमा छ दशकअघि गोरुले तान्ने लहरुको चलन निकै हुने गर्दथ्यो । विशेष गरी गाउँका ठूला बडाहरु९जमिदार०ले सवारी साधनका रुपमा बैलगाडा भन्दा सानो लहरुको प्रयोग निकै गर्दथे ।

“काठबाट बनाइएको लहरु आकर्षक रुपमा बनाइएको हुन्थ्यो”, उनले भने, “लहरु बनाउन राखिएको काठमा निकै आकर्षकरुपमा बुट्टा बनाएका हुन्थे, आरामले चारदेखि पाँच जनासम्म बस्न सक्ने गरी बनाइएको हुन्थ्यो, गन्तव्यमा छिटो पुग्नका लागि फुर्तिला दौडिन सक्ने गोरुहरु लहरुमा तान्नका लागि प्रयोग गरिन्थ्यो, सवारीका साधनका रुपमा त्यस बेला ग्रामीण क्षेत्रमा एक मात्रै साधन लहरु थियो ।”

“तराईमा लहरुको सट्टा जमिदारले साइकल चढ्न थाले, लहरुभन्दा छिटो पुग्ने पुगिन्थ्यो”, लहानु चौधरीले भने, “त्यस पछि मोटरसाइकल हुँदै, हाल कार, जीप चढ्ने चलन चलेपछि लहरु हराए ।” गोरुले तान्ने छ दशकअघिको निकै लोकप्रिय साधन लहरु खोज्दा पनि हाल नपाइने अवस्थामा पुगेको उनले बताए । लहरु पूरै काठले बनाइएको हुन्थ्यो ।

स्थानीयस्तरमै पाइने काठ, डोरी, किला, चक्का राख्ने फलामको धुराको प्रयोग गरी स्थानीय सीप सिकेका व्यक्तिले सहजरुपमा लहरु बनाउने गर्दथे । काठको अभाव र लहरुको ठाउँ अन्य आधुनिक साधनले लिएपछि हराएको स्थानीय बूढापाकाको भनाइ रहेको छ । लहरुभन्दा ठूलो आकारमा बनाइनेसँगै कृषिजन्य सामग्री र काठ ओसार्नका लागि प्रयोग हुने बैलगाडाको प्रचलन परम्परागत रुपमा तराई क्षेत्रमा चल्दै आएको छ । मालवाहक साधनका रुपमा बैलगाडालाई लिइने गरिन्छ ।

“परम्परागत रुपमा बनाइएको बैलगाडा पूरै काठबाट बनाइएको हुन्थ्यो”, नरेन्द्रप्रसाद चौधरीले भने, बदलिँदो परिवेशअनुसार हाल छिटो गुडाउन र गोरुले तान्न सजिलो हुने भएकाले बैलगाडामा रवरका टायर राख्ने गरिएको छ ।” उनका अनुसार बैलगाडा तान्नका लागि गोरु र राँगाको प्रयोग हुने गरेको छ ।

“पहिला थारु समुदायका प्रत्येक घरमा बैलगाडा९लह्रया० हुन्थ्यो”, उनले भने, “त्यसको ठाउँ हाल पावरटिलर र ट्र्याक्टरले लिइसकेको छ, बैलगाडा हुनेले अनिवार्यरुपमा गोरु र राँगा पाल्नुपर्ने भएकाले घाँसको अभाव, चरन क्षेत्रको कमीले गर्दा किसान आधुनिक ढुवानीका साधनप्रति आकर्षित भएका छन् ।” केही किसानले अझै पनि कृषिजन्य सामग्री ओसार पसार गर्नका लागि पहिलाझै बैलगाडाको प्रयोग गर्दै आएका छन । बैलगाडाको प्रयोग गर्नेको सङ्ख्या भने नगन्य मात्रामा रहेको छ । कृषिका लागि खेत जोत्नेदेखि समान ओसार्नेसम्मको कार्य आधुनिक कृषि यन्त्र र उपकरणले गर्न थालेपछि बैलगाडा ओझेलमा परेका हुन ।

बैलगाडा बनाउने सीप पुस्तौँदेखि हस्तन्तरण हुँदै आएको थियो । हाल बैलगाडानै हराउन थालेपछि बनाउने सीप सिकेका व्यक्तिले अन्य व्यवसाय र पेसा रोज्न बाध्य भएका छन् । पछिल्लो पुस्तालाई लहरु र लह्रया कस्तो थियो भनेर चित्र बनाएर देखाएर बताउनुपर्ने अवस्था सिर्जना भएको परदेशी चौधरीले बताए । “परम्परागतकालदेखि लहरु र लह्रयाको चलन चल्दै आएको थियो उनले भने, “आधुनिक सवारी साधनले त्यसको प्रचलन हटायो, थारु समुदायको पहिचानका रुपमा रहेका यस्ता साधनको लोप हुनबाट जोगाउनका लागि स्थानीयस्तरबाट प्रयास हुन जरुरी छ ।” बैलगाडाका प्रयोगमा आएको कमीका कारण गोरु र राँगा पाल्ने कार्यमा कमी आएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.