काठमाडौँ । आज काठमाडौँ महानगरपालिका अगाडि दृष्टिविहीनहरुको प्रदर्शन गरेका छन्। आफूहरुको उचित व्यवस्थापन गर्न माग गर्दै दृष्टिविहीनहरुले काठमाडौँ महानगरपालिकाअगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले मंगलबार दिउँसो महानगरपालिका अगाडि प्रदर्शन गरेका हुन्। आफूहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।
यसअघि दृष्टिविहीनहरु काठमाडौँका विभिन्न स्थानमा सडकछेउमा गीत गाएर मागेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए। तर पछिल्लो समय सडकछेउमा बस्न महानगरपालिकाले रोक लगाएको छ। महानगरपालिकाले आफूहरुको रोजीरोटी खोसेको उनीहरुको गुनासो छ।