लेवान्डोस्कीले ६०० गोलको आँकडा पार गर्दा बार्सिलोनाको सहज जित
एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा ३-० को सहज जित निकालेको छ। आइतबार रियल मड्रिडसँग ३–१ ले पराजित बार्सिलोनाले पहिलो हाफको अन्त्यमा सात मिनेट भित्र तीन गोल गर्दै सहज जित निकालेको हो। बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीको दुई तथा अन्सु फातीले एक गोल गरे।
बार्सिलोनाले घरेलु मैदान नोउक्याम्पमा बिहीबार राति खेलको सुरूआतबाटै पाहुना टोलीमाथि हाबी देखिएको बार्सिलोनाले ३१औं मिनेटमा अग्रता लियो। जोडी अल्वाको पासमा लेवान्डोस्कीले गोल गरेका थिए। त्यसको चार मिनेटपछि लेवान्डोस्कीले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। त्यसको ३ मिनेटपछि अन्सु फातीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता बनायो।
दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि बार्सिलोनाले थप गोल गर्न नसक्दा पहिलो हाफमा लिएको ३(० को अग्रता नै पर्याप्त रह्यो। यो जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरी ३ मा छोट्याएको छ। बार्सिलोनाको १० खेलबाट २५ अंक पुगेको छ। शीर्षस्थानमा रियलको २८ अंक छ। पराजित भिल्लारियल १५ अंक जोडेर नवौं स्थानमा छ।
लेवान्डोस्कीको ६०१ गोलको आँकडा पुरा
भिल्लारियलविरूद्ध दुई गोल गरेका लेवान्डोस्कीले आफ्नो व्यवसायिक खेल करिअरमा ६०० गोलको आँकडा पुरा गरेका छन्। सन् २००० पछि ६०० गोल पुरा गर्ने लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोपछि उनी तेस्रो खेलाडी बनेका छन्। बायर्न म्युनिखबाट ४२.६ मिलियन पाउण्ड समर ट्रान्सफरमा बार्सिलोना गएका उनले गएराति नाउ क्याम्पमा भिल्लारियल विरुद्ध २ गोल गर्दै आफ्नो गोल संख्या ६०१ पुर्याए।
उनले यो सिजन बार्सिलोनाका लागि १४ खेलमा १६ गोल गरेका हुन्। यसअघि लेवान्डोस्कीले बायर्नबाट ३७५ खेलमा ३४४, बोरूसिया डर्टमुन्डबाट १८६ खेलमा १०३, पोलिस क्लब जिनिकबाट २१, पोलिस क्लब लेच पोजनानबाट २१ तथा पोल्यान्डबाट १३४ खेलमा ७६ गोल गरेका छन्।
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
