भाइटीकामा ढाकाटोपी उपहार
काठमाडौं । तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन रहेको छ । तिहार नजिकिएसँगै बजारमा ढाकाटोपी छ्यापछ्याप्ती देखिन्छन् । अहिले सहरबजार ढाकाटोपीले ढाकिएको छ ।
विगत २५ वर्षदेखि ढाकाटोपीको व्यापार गर्दै आउनुभएका लक्ष्मी श्रेष्ठले तिहारमा दाजुभाइको शिरमा ढाकाटोपी नभई नहुने भएकाले सबैको रोजाइमा परेको जानकारी दिए । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरङ्गी टीका र शिरमा ढाकाटोपीले हरेक दाजुभाइ तिहारको दिन सजिने गर्छन् ।
ढाकाटोपी नेपाली समाजको पहिचान हो । यसलाई हाम्रो आस्थाको प्रतीक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व र कार्यक्रममा ढाकाटोपी लगाइने गरिन्छ । व्यापारी सुरेश नगरकोटीले पनि तिहारलाई ध्यानमा राखेर ढाकाटोपी बिक्री गरिरहेका छन् । उनले धेरै माग हुने भएकाले तिहारलाई लक्षित गरी सामान मगाएको बताए । नगरकोटीले ढाकाटोपी १५० देखि ५० हजार रुपैयाँसम्मका रहेको जानकारी दिँदै पाँच सयदेखि दुई हजार रुपैयाँसम्मका टोपी बढी बिक्री हुने बताए।
संस्कृतिविद् एवं भाषाविद् गणेशराम लाछीले भन्नुभयो, “ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव पनि हो । ढाकाटोपी केवल शिर ढाक्ने वस्त्रका रूपमा मात्र नभएर नेपाली समाजको आफ्नै पहिचान हो । यो हाम्रो आस्थाको प्रतीक पनि हो । त्यसैले विभिन्न चाडपर्व, विवाह, व्रतबन्ध र सभा–सम्मेलनमा ढाकाटोपी लगाउने प्रचलन छ ।”
उनका अनुसार तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी लगाइदिने चलन अझै विद्यमान छ । यसको खास अर्थ छ । टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने प्रतीकात्मक सन्देशसहित ढाकाटोपी उपहार दिइन्छ ।
ढाकाटोपी नेपालीको कला, धर्म र संस्कृतिसित पनि जोडिएको पाइन्छ । धार्मिक कार्यका दौरान निधार तथा शिर खाली राख्न हुन्न भन्ने मान्यताअनुसार नेपाली समाजमा हरेक शुभ कार्यपश्चात् ढाकाटोपी लगाउने गरिन्छ । गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
