भत्काउनुपर्छ : महानगर, संरक्षण गर्नुपर्छः पुरातत्व
काठमाडौं । टुकुचा खोलामा निर्माण गरिएको सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा विवाद देखिएको छ । अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरपालिकाको अभियानअन्तर्गत भेटिएको टुकुचा खोलामा निर्मित सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा महानगरपालिका तथा पुरातत्व विभागको आ–आफ्नै तर्क र अडान रहेको छ ।
प्राकृतिक रूपले निर्मित बाटोमा खोलानाला बग्नुपर्छ, त्यसमा कुनै किसिमको कृत्रिम छेकबार वा अवरोध सिर्जना गर्नु हुँदैन भन्ने तर्कका आधारमा टुकुचामा निर्माण गरिएको सुरुङ भत्काउनुपर्छ भन्ने महानगरको तर्क छ भने सय वर्षअघि नै निर्माण गरिएकाले सो सुरुङ पुरातात्विक सम्पदा भएकाले त्यसको संरक्षण गर्नुपर्छ भन्ने पुरातत्व विभागको अडान छ ।
काठमाडौँ महानगरपालिकाले गत भदौ ३० गते दरबारमार्गस्थित जय नेपाल सिनेमाघरकोे कम्पाउन्ड खोतल्दा टुकुचा खोला भेटिएको थियो । नारायणहिटी दरबार हुँदै बग्ने गरेको टुकुचा खोला मिचेर सिनेमाघरले जग्गा भोगचलन गर्दै आएको छ । पुरातत्व विभागद्वारा गरिएको अध्ययनमा टुकुचाको भूमिगत सुरुङ पुरातात्विक सम्पदा भएको पुष्टि भएको छ । गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
