Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

पल शाहले कारागारमै लगाए भाइटीका

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ११

काठमाडौँ । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन्। यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए। शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए। शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो।

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो।साथै, पीडितलाई १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ। तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ।

Top Changing Nepal

युट्युब सट्स