नियन्त्रणबाहिर जाँदै विश्वको तापक्रम
काठमाडौं । विश्वको तापक्रम वृद्धि २.८ डिग्री सेल्सियसतर्फ उन्मुख भएको छ। संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले एक्काइसौँ शताब्दीको अन्त्यसम्ममा विश्वको ताफक्रम २.८ डिग्री सेल्सियसले बढ्ने जनाएको हो।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम यूएनईपी ले तयार गरेको इमिसन ग्याप रिपोर्ट २०२२ अनुसार विगतका अध्ययनले बताएकोजस्तो अब वैश्विक जलवायु परिवर्तनको परिस्थिति १.५ डिग्री सेल्सियसमा सीमित भएर पेरिस सम्झौताको लक्ष्य भेट्न सक्ने अवस्थामा छैन।
अध्ययन प्रतिवेदनमा भनिएको छ, “वर्तमानमा रहेका नीतिहरूले शताब्दीको अन्त्यसम्ममा २.८ डिग्री सेल्सियसको तापक्रम वृद्धिलाई सङ्केत गर्छ। हाल विश्व समुदायले गरेका वाचा कार्यान्वयन ससर्त पालना गर्ने हो भने पनि यस शताब्दीको अन्त्यसम्म तापक्रम २.४–२.६ डिग्री सेल्सियससम्म मात्र घटाउन सकिनेछ।”
सन् २०१५ को पेरिस जलवायु सम्मेलनमा औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्दै गएमा रोक्नका लागि बाध्यकारी प्रतिज्ञा तय गरिएको थियो। नयाँ प्रतिवेदनले विश्वको बढ्दो औद्योगिक वृद्धिले रोक्ने लक्ष्यमा पुग्ने कुनै विश्वसनीय बाटो नभएको घोषणा गरेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अब विश्व समुदाय विश्वव्यापी तापक्रमको अर्थतन्त्रलाई नष्ट गर्नतर्फ अग्रसर हुनुपर्ने बताए। त्यसका लागि जलवायु कार्यगत एकताको तत्काल आवश्यकता रहेको उनले औँल्र्याका छन्।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमका निर्देशक इङ्गर एन्डरसनका अनुसार वर्तमान अवस्थामा प्रकृतिले हरेक वर्षजसो घातक बाढी, आँधीबेहरी र आगलागीमार्फत तापक्रम बढ्दै गएको सङ्केत दिइरहेको छ। प्रतिवेदन सार्वजनिक गर्दै उनले तत्काल तापक्रम वृद्धि रोक्न वायुमण्डललाई हरित् गृह ग्यासले भरिनबाट रोक्नुपर्नेमा जोड दिएका छन् ।
गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
