ब्राजिल चुनाव : लुला दा सिल्भाको जितपछि बोल्सोनारो समर्थकहरूले गरे आगजनी र चक्काजाम
काठमाडौँ । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा लुला दा सिल्भाले निकट प्रतिस्पर्धामा जायर बोल्सोनारोलाई पराजित गर्दै विजयी भएका छन्। यस चुनावमा लुला दा सिल्भाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९।१ प्रतिशत मत प्राप्त गरे ।
लुला ब्राजिलका पूर्वराष्ट्रपतिसमेत हुन् । उनी सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति भएका थिए। यता बोल्सोनारो भने २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । लुलाको जितपछि ब्राजिलको अवस्था बिग्रँदै गएको देखिन्छ। बोल्सोनारोलाई समर्थन गर्ने ट्रक चालकहरूले ब्राजिलका धेरै महत्त्वपूर्ण सडकहरूमा आगजनी र चक्काजाम गरेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार यी विरोध प्रदर्शनको भिडियो फुटेजमा केही ट्रक चालकहरूले लुलालाई राष्ट्रपति बन्नबाट रोक्न सैन्य विद्रोहको आह्वान गरेको पनि देखाइएको छ। प्रदर्शनकारीहरूले ३२१ स्थानमा विरोध प्रदर्शन गरेका छन्। २६ राज्यहरूमा पूर्ण वा आंशिक रूपमा सडकहरू बन्द छन्।
डिजेलको मूल्य कम राख्ने जस्ता नीतिहरूका कारण ट्रक चालकहरू बोल्सोनारोका समर्थक भएका हुन्।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
