मङ्गलबारको भूकम्पपछि सुदूरपश्चिममा ४ सय बढी परकम्प
धनगढी । गत मङ्गलवार राति गएको भूकम्पपछि सुदूरपश्चिममा चार सय बढी परकम्प गएको छ। मङ्गलवारयता प्रदेशमा लगातारजसो परकम्प गइरहेको हो।
मङ्गलवार राति डोटीमा ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि अहिलेसम्म चार सय वटाभन्दा बढी परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए।
शनिवार बेलुकी पनि बझाङमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्रमा पर्ने, त्यसमा पनि पश्चिमी क्षेत्रमा लामो समयदेखि ठुलो भूकम्प नगएकाले जोखिम धेरै रहेको उनले बताए। विक्रम सम्वत् १५०५ सालमा पश्चिमी क्षेत्रमा ठूलो भूकम्प गएको विभिन्न अध्ययनले देखाएका छन्। तर, त्यतिबेला मापन सुरु भइनसकेकाले कति रेक्टर स्केलको भूकम्प गएको थियो भन्ने यकिन भने छैन।
त्यसपछि पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि भूकम्पीय जोखिम धेरै रहेको हुनसक्ने भूकम्पविद् भट्टराईले बताए। पश्चिमी क्षेत्रमा थुप्रिएको शक्ति अहिले गइरहेको स–साना भूकम्प वा परकम्पपछि तितरबितर हुन र नहुन सक्ने दुवै सम्भावना उहेको उनले बताए। भूकम्पको जोखिम उच्च नै रहेकाले सावधानी अपनाउनु आवश्यक रहेको उनले बताए।
सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

