• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • ११ घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • १२ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • १४ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १७ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १८ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १८ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

प्राधिकरणको चेतावनीपछि सेवा प्रदायकले थाले इन्टरनेटको तार व्यवस्थापन

जानकारी केन्द्र २०७९, कार्तिक, २८

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले पोलमा अस्तव्यस्त रुपमा टाँगिएका इन्टरनेटको तार व्यवस्थापन गर्न सुरु गरेका छन् । १५ कात्तिकमा नेपाल विद्युत प्राधिकरणले ४५ दिनको समयसीमा दिएर व्यवस्थापन गर्न भनेको थियो । इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईस्पान को नेतृत्वमा शनिबारदेखि सिंहदरबारबाट तारको व्यवस्थापन सुरु भएको हो । काठमाडौं उपत्यकाका सडकहरुमा रहेका पोलमा तार अस्तव्यस्त रुपमा छाडिएको छ । यसले गर्दा समस्या भएको भन्दै प्राधिकरणले निर्देशन दिएपछि सेवा प्रदायकले तारको व्यवस्थापन सुरु गरेको बताएका छन् ।

एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रुपमा तानिएका तार र झुन्ड्याइएका उपकरण व्यवस्थापन गर्न भनेको थियो । यस्ता तारले शहर कुरुप बनाएको, आगलागी लगायतका विद्युतीय दुर्घटना बढेको, विद्युत सेवा प्रवाहमा पनि असर गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । आगलागी नियन्त्रण गर्न र विद्युत सेवा भरपर्दो बनाउन भन्दै दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायकहरुलाई प्राधिकरणले मापदण्डअनुसार नै तार व्यवस्थापन गर्न भनेको छ ।

अब इन्टरनेट सेवा प्रदायकले ४०० भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टांग्ने तारबीच ८० सेमीको दुरी कायम गर्नुपर्नेछ । यस्तो तार र पैदलमार्गबीच २.४ मिटरको दुरी उचाइ हुनुपर्ने प्राधिकरणको मापदण्ड छ । त्यसैगरी ४०० भोल्टको इन्सुलेटेड तार र अन्य तारबीच ३० सेमीको दुरी र यस्तो पोलमा पैदलमार्गसाग तारको दुरी ५.५ मिटर कायम हुनुपर्छ ।

११ केभी र ३३ केभी लाइनमा विद्युतको तार र अन्य तारबीचको दुरी २ मिटर, अन्य ४ सय भोल्टका उपकरण र तारहरुबीचको दुरी ७५ सेमी हुनुपर्ने भनिएको छ। राउटर, रिपिटर, एक्ट्रयाक्टर, अप्टिकल फाइबर वितरण बक्स, जोइन्ट क्लोजरजस्ता उपकरण पोलको एउटा मात्रै साइडमा क्रम मिलाएर, नहल्लिने, नझर्ने गरी क्लिप ब्यान्डको प्रयोग गरेर राख्नु पर्ने नियम प्राधिकरणले बनाएको छ ।

प्रयोगमा नरहेका तार र उपकरण तत्काल पोलबाट हटाउन पनि प्राधिरकणले निर्देशन दिएको छ । पोलमा तारहरु बेरेर नझुन्ड्याउन र आफ्नो तार सजिलै छुट्याउन सक्ने गरी केबल ट्याग र मार्किङ गर्न निर्देशन दिएकाले सेवा प्रदायकहरु असुन्तुष्ट बनेका थिए ।

सम्भव भएसम्म बढी कोर भएको केबल तानेर धेरै सेवाप्रदायकले सेवा दिने व्यवस्था गर्न प्राधिकरणले भनेको छ । तारहरु सडक वारपार नतान्न र तानिएको भए हटाउन पनि प्राधिकरणले निर्देशन दिएको छ । यदि निर्देशनअनुसार काम नगरे प्राधिरकण आफैंले यस्ता अव्यवस्थित तार हटाउने र त्यसको खर्च समबन्धित सेवा प्रदायकबाटै उठाउने प्राधिकरणले चेतावनी दिएको छ ।

वर्षौंदेखि हुन नसकेको काम ४५ दिनभित्रै गर्न नसकिने अवस्था भएपनि तारको व्यवस्थापन सुरु गरेको एक इन्टरनेट सेवा प्रदायक संस्थाको सञ्चालकले बताए । ‘४५ दिनभित्र नभए तार काट्ने कुरा स्वीकार्य हुँदैन, तारको व्यवस्थापन सहज छैन,’ ती सञ्चालकले भने,‘हामी जतिसक्छौं, त्यति गर्छौं । तर, प्राधिकरणले पोल भाडाको विवादको बदला लिने शैलीमा निर्देशन दिएको छ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.