पश्चिम नेपालमा कुनै पनि बेला विनासकारी भूकम्प जान सक्छ : भूकम्पविद
डडेल्धुरा । पश्चिम नेपालमा सन १५०५ मा विनासकारी भुकम्प गएको थियो । अहिले सन २०२२ सकिदै छ । झण्डै सात सय वर्ष भयो, यो ठाँउमा विनाशकारी भुकम्प गएका छैनन् । मुख्य दरारमा प्रत्येक वर्ष भारतिय प्लेट दुई सेन्टिमिटरका दरले भित्र छिर्ने गर्छ । जसले गर्दा एक सय वर्षमा दुई मिटर भित्र छिर्छ । सात सय वर्षमा जम्मा १४ मिटर भित्र अड्केर बसेको भुकम्पविद एवं त्रिभुवन विश्व विद्यालयका प्रा डा दिपक चम्लागाईको भनाई छ ।
त्यो १४ मिटर जुनसुकै बेला सर्न सक्ने भएकाले भुकम्प जाने सम्भावना रहेको चम्लागाईको भनाई छ । ‘त्यो १४ मिटर सर्न बाँकी दरार भनेको जोखिमयुक्त हो । त्यो सर्दा पश्चिम नेपालमा विनासकारी भुकम्प जान सक्छ ।’
विगतमा गएका भुकम्पको तथ्यांकलाई हेर्दा कुनै पनि ठाँउ बिषेशमा एक पटक भुकम्प गईसके पछि त्यही ठाँउमा अर्को भुकम्प जानलाई लगभग सात सय वर्ष सम्म लाग्ने उनको भनाई छ । मध्यमखालका र अझ त्यो भन्दा ठूलो भूकम्प जान नौ सय वर्ष लाग्ने उनले बताए ।
भुकम्पको केन्द्रबिन्दु यही ठाँउमा भनेर इंगित गर्न नसकिने तर समग्र पश्चिम नेपालमा जुनसुकै ठाँउमा पनि केन्द्रबिन्दु बनाएर ठूलो भुकम्प जानसक्ने उनको भनाई छ । ‘दरार भनेको पूर्व हिमालय देखि पश्चिम हिमालय सबै ठाँउमा छ । यो दरार चुरेको अग्रभागमा निस्कन्छ ।’ उनले भने ।
जोखिम व्यवस्थापन गर्न मुख्यतया पूर्व तयारी गर्नुपर्ने उनको भनाई छ । पूर्व तयारीमा पनि पहिलो कुरो जनचेतनाका कुरा धेरै गर्नुपर्ने उनको भनाई छ । बेलैमा भुकम्प प्रतिरोधी घर बनाउनु पर्ने उनको भनाई छ । राजधानी दैनिकबाट
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
