चुनावको मौका छोपेर अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि
काठमाडौं । चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको पाइएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै बजारमा उपभोग्य वस्तुको मूल्य १५ प्रतिशतभन्दा धेरै बढेको पाइएको छ ।
सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा उपभोक्ता भने मूल्यवृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारी समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपेर व्यापारीले आफूखुशी मूल्य तोक्न थालेको गुनासो उपभोक्ताहरूले गरेका छन् । नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र वज्राचार्यले दशैं, तिहारपछि मात्र दैनिक उपभोग्य हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताए । पछिल्लो समय खाने तेल, दाल, चामल मात्रै नभई अन्य वस्तुको समेत मूल्य बढेर आएको उनको भनाइ छ ।
पूर्वअध्यक्ष वज्राचार्यले पछिल्लो एक वर्षमा उपभोग्य वस्तुको मूल्य ३० प्रतिशतभन्दा धेरै बढिसकेको बताए । दशैं, तिहारका बेला प्रतिलिटर २४० रुपैयाँ पर्ने खानेतेल अहिले २८० रुपैयाँ पुगेको उनको भनाइ छ । सूर्यमुखी, भटमास तथा तोरीको तेलको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले बढेको उनले बताए ।
भारत सरकारले नेपालमा चामल निर्यातमा प्रतिबन्ध लगाएपछि मात्र प्रतिबोरा चामलको मूल्य ४०० रुपैयाँसम्म बढेको वज्राचार्यले बताए । भारतले धान निर्यातमा लगाएको २० प्रतिशत कर हटेपछि चामलको मूल्य घटेर आए पनि नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै महँगोमा विक्री गरिरहेको उनको भनाइ छ । सरकारी कर्मचारी निर्वाचन केन्द्रित भएको मौकामा बजारमा उपभोग्य वस्तुको मूल्य बढाउनु अस्वाभाविक भएको उनले बताए ।
कुलेश्वरका खाद्य सामग्री होलसल व्यापारी मनोज श्रेष्ठले खानेतेल, दाल, चामलको मूल्य बढेर आएको बताए । भारतले नेपालमा धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत करको कारण चामलको मूल्य धेरै बढेको उनको भनाइ छ । यस्तै डलरको मूल्य बढेकाले बजारमा खानेतेलको मूल्य बढेर आएको उनले बताए । आर्थिक अभियान दैनिकबाट
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
