काठमाडौँ-६ लाई पर्यटकीय गन्तव्य बनाउँछु : खनाल
काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्य बनेका पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताएका छन् ।
बुधबार साँझ बागबजारमा भेटिएका खनालले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने खाका लिएर आएको दाबी गरे ।
एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका खनालले यसअघि काठमाडौँ–६ बाट दुईपटक सांसदमा निर्वाचित भइसकेका नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुन्दर, स्वच्छ र हराभरा पर्यटकीय क्षेत्र बनाउन नसकेको आरोप लगाए ।
प्रहरी सेवाबाट अवकाशपछि एमाले पार्टीमा प्रवेश गरेका खनालले सोही क्षेत्रबाट यसअघि निर्वाचित तथा सत्ता गठबन्धनका प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
उम्मेदवार खनालले आफूप्रति मतदाताको उत्साहप्रद सहभागिता रहेको बताउँदै यस क्षेत्रको धेरै ठाउँमा पानी, ढल, धुलोधुवाँ तथा जताततै छरपस्ट तारको समस्या रहेको बताए ।
उनले सो क्षेत्रमा जनताका आधारभूत आवश्यकतासमेत नभएको दाबी गरे । “पर्यटकीय दृष्टिकोणले ठमेल र सांस्कृतिक दृष्टिकोणले असनलाई विकास गर्न सकिन्छ”, उनले भने, “मतदाताहरुले पनि यस क्षेत्रमा आधारभूत आवश्यकता पूरा हुन नसकेको बताएका छन् ।”
उनले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै खोलाका दुवै किनारामा करिडोर, हरियाली पार्क बनाउने योजना रहेको बताएका छन् । उनले युवालाई बढी फोकस गरी काम गर्ने पनि बताए ।
सडक, धारा, ढल, बिजुली आदि काम क्रमिकरूपमा बने पनि सम्बन्धित निकायबीच आपसी समन्वय नभएको उनको भनाइ छ । जसले गर्दा सहर कुरुप देखिएको उनको भनाइ छ ।
विगतमा आफूले प्रहरी सेवामा काम गरेको अनुभव तथा मूल्याङ्कनका आधारमा आफूमार्फत् मतदाताले सो क्षेत्रको विकास चाहेको बताए ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
