काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँ बढेको हो।
बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


