बेन्चमा रहेका नेमायर जब रोए‘
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा गएराति ब्राजिलले सर्बियालाई २–० ले हरायो । ब्राजिलले सहज जित निकाले पनि टिमका स्टार खेलाडी नेयमारले भने पूरा समय मैदानमा बिताउन पाएनन् । कारण हो– खुट्टाको चोट । खुट्टामा लागेको चोटका कारण उनी ७९औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
नेयमारको कुर्कुच्चामा लागेको चोट कति गम्भीर छ रिपोर्ट आउन बाँकी छ । चोटको गहिराइपछि मात्र उनले विश्वकपका बाँकी म्याच खेल्छन् वा खेल्दैनन् थाहा हुनेछ । यसैबीच, सर्बियाविरुद्ध ब्राजिल २–० को विजय हुँदा नेयमार बेन्चमा रोइरहेका थिए । उनको त्यो आँसु हर्षको थिएन, त्यो पीडाको थियो । ‘हामीलाई विश्वास छ, नेयमारले विश्वकपका बाँकी खेल खेल्नेछन्,’ ब्राजिलका प्रशिक्षक टिटेले भनेका छन् ।
सर्बियाका निकोला मिलेन्कोभिकसँग ठोक्किँदा नेयमारको दायाँ कुर्कुच्चामा चोट लागेको थियो । चोट लागेपछि पनि ११ मिनेटसम्म उनले खेल्ने प्रयास गरे । त्यसपछि भने नेयमारले मैदान छाडे । ‘नेयमारको दाहिने घुँडामा चोट लागेको छ । हामीले तुरुन्तै उनको उपचार सुरु गर्यौँ । उनले फिजियोथेरापीबाट पनि उपचार जारी राखेका छन् । एमआरआईमार्फत चोटको प्रकृतिबारे राम्रोसँग बुझ्नको लागि २४ देखि ४८ घण्टा चाहिन्छ,’ ब्राजिल टिमका डाक्टर रोड्रिगो लास्मारले भनेका छन् ।
उनका अनुसार शुक्रबार मात्र नेयमारको चोटको अवस्थाबारे थाहा हुनेछ । लुसेल स्टेडियममा भएको खेलमा ६२ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ७३ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २(० को जित दिलाए ।
जितसँगै ब्राजिलले तीन अंक जोड्दा सर्बियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । त्यस्तै, समूह ञएचझ अन्तर्गतको खेलमा पोर्चुगलले घानाविरुद्ध ३(२ को रोमाञ्चक जित निकाल्यो । स्टेडियम ९७४ मा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स र राफेल लियोले एकरएक गोल गर्दा घानाका लागि आन्द्रे एयु र ओस्मान बुकारीले एकरएक गोल फर्काए ।
खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरूवाती अग्रता दिलाएका थिए । घानाका मोहम्मदले रोनाल्डोलाई नै पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । जसमा उनले सहजै गोल गरे ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
