• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • १० घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १२ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १२ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • १ दिन 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • १ दिन 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

  • २. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ३. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • ४. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ८. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ९. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • १०. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा बाँकीमा कहाँ कसको अग्रता ?

जानकारी केन्द्र २०७९, मंसिर, ११

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ ।

हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ । त्यसैगरी नेकपा ९माओवादी केन्द्र० ले १७, नेकपा एकिकृत समाजवादी ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सातरसात क्षेत्रमा विजयी भएका छन् ।

साथै, जनता समाजवादी पार्टीले छ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन् । निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन ।

केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो । हालसम्म दोलखा-१, स्याङ्जा-२, सुनसरी-१, ३ र ४, बाजुरा, इलाम-१, उदयपुर-१, महोत्तरी-१ र रामेछापको नतिजा आउन सकेको छैन ।

दोलखा-१ मा निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरुबीच मतगणनाका लागि सहमति जुटेको छैन ।

सुनसरी-१ मा भने मतगणना जारी छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिइरहनु भएको छ भने उहाँलाई जनता समाजवादी पार्टीका अशोक कुमार राईले ११ हजार ९८२ मतसहित पछ्याइरहनु भएको छ ।

सुनसरी-३ मा एमालेकि भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९३७ मतका साथ पछ्याइरहनुभएको छ ।

सुनसरी-४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४३३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

बाजुराको बूढीनन्दा नगरपालिका-५ मा शनिबार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन । इलाम-१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेकपा एकिकृत समाजवादी का झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

उदयपुर-१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १०९ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

महोत्तरी-१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४२० मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार ९५८ मतका साथ उहाँलाई पछ्याइरहनु भएको छ ।

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६६२ मतका साथ अग्रता कायम राख्नुभएको छ भने उहाँलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहनुभएको छ । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.