भक्तपुरमा भ्यान र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते
जानकारी केन्द्र
२०७९, मंसिर, १२
काठमाडौं । भक्तपुरमा गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।चाँगुनारायण नगरपालिका १ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ भ्यान र बा १ प ९५०८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षे सिजन फसिकवाको मृत्यु भएको हो।
मध्यपुरथिमि नगरपालिकाका-६ मिलरोड उकालोमा आइतबार गाडी दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार भक्तपुर नगरपालिका ७ गोल्माढीका ३२ वर्षे सुनिल ग्वाछाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले भ्यान चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरेको छ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
