आज पूर्णिमा व्रत, चन्द्रमाले पूर्ण आकार लिने
जानकारी केन्द्र
२०७९, मंसिर, २१
काठमाडौँ । आज पूर्णिमा व्रत रहेको छ । मंसिर महिनाको तिथिले भोलि बिहीबार परे पनि पूर्णिमाको व्रत बस्नेले बुधबार नै बस्नुपर्नेछ । यस दिन विशेष गरी भगवान शिव र विष्णुको पूजा अर्चना गरिन्छ । सर्वाधिक चम्किलो र तेजिलो देखिने चद्रमाले यस दिन आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ ।
बुधबारको दिन व्रत बस्नाले चन्द्रमाको कृपा प्राप्त हुने, स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ। आजको दिन भगवान विष्णुलाइ गरिने पूजाअर्चनालाई सत्यनारायणको स्वरुप पनि मानिन्छ । पूर्णिमाको व्रत बिहान सूर्योदय भएसँगै सुरु हुने र साँझमा चन्द्रोदय भएसम्म बस्ने गरिन्छ । साँझमा चन्द्रोदयपछि चन्द्रमाको दर्शन गरी व्रत समापन गरिन्छ । यसैबीच, मंसिर शुक्ल पूर्णिमा भोलि बिहीबार परेको छ । यसदिन उधौली उधौली पर्व, धान्यपूर्णिमा र योमरी पुन्हि पनि मनाउने चलन छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
