के तपाईँलाई थाहा छ अकबरे खुर्सानीको फाईदाहरु ?
अकबरे (डल्ले) खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन । नेपाललाई विश्वमै परिचित गराउने यो खुर्सानी आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा पनि भनिन्छ । साधारणतया खुर्सानी पिरो स्वाद दिने फल हो । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ । अरु खुर्सानीको तुलनामा अकबरे पिरो र स्वादिलो हुन्छ।
अकबरे खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन् । यसले खानालाई पिरो मात्र बनाउने होइन, खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ । स्वादका साथै यसले स्वास्थ्यलाई पनि व्यापक फाइदा गर्छ ।
नेपाली समाजमा यो खुर्सानीलाई ग्यास्ट्रिकको दबाइ भनेर नै चिनिन्छ । केही पेटका बिमारीका लागि खुर्सानी खानु बेफाइदा भए तापनि यसका फाइदा धेरै छन् । जिब्रोलाई पिरो लागे तापनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन । नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरुमा निर्यात हुँदै आएको छ ।
साथै यो खुर्सानी चिसो लागेका मानिसको लागि औषधिका रुपमा पनि प्रयोग हुँदै आएको पाइन्छ । अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदा – खाना पचाउने काममा विशेष सहयोग पुर्याएको हुन्छ । माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ । नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ । कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्याउँछ।
यसैगरी, हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ । कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित भएको छ । शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्याउँछ । रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ। ग्यास्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ। पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्याउँछ ।
अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ। थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ । यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पुर्याउँछ। एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्दत गर्छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
