विश्वकपबाट बाहिरिएपछि नेयमारले नखेल्ने संकेत
दोहा । कतारमा जारी फिफा बिश्वकपबाट बाहिरिएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले विश्वकप २०२२ मा आफ्नो देशका लागि अब खेल नखेल्ने संकेत गरेका छन्। क्रोएसियासँग पराजित भएपछि उनले भने, ‘अहिले भर्खरै खेलसकेको र धेरै गर्मीका कारण सबै कुरा गर्नु खराब छ। अहिले मैले केहि सोचिरहेको छैन। ब्राजिलका लागि यो खेल नै अन्त्य हो भनेर भन्नु आफैं हतार हुनेछ। तर म पनि केहि ग्यारेन्टी गर्दिन।’
‘म यसबारे सोच्न यो समय लिन चाहन्छु, म आफ्नो लागि के चाहन्छु भनेर सोच्न चाहन्छु। म ब्राजिलसँग खेल्ने ढोका बन्द गर्दिन, नत म शतप्रतिशत भन्छु म फर्कन्छु,’ उनले थपे। अतिरिक्त समयमा पहिलो हाफमा क्रोएसियाविरुद्ध नेयमारले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए पनि समय सकिन तीन मिनेट बाँकी रहँदा क्रोएसियाले पेनाल्टी सुटआउटमा बराबरी खेलेको थियो। गएराति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४(२ ले हराएको थियो।
विश्वकपबाट बाहिरिएपछि ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिइसकेका छन्। ६१ वर्षीय प्रशिक्षक २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो। उनको नेतृत्वमा ब्राजिलले ८१ खेल खेल्दा ६० खेल जितेको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
