धारिलो हतियार प्रहार गरी श्रीमानद्वारा श्रीमतीको वीभत्स हत्या
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको वीभत्स हत्या गरेको खुलेको छ । जिल्लाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरका वीरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गए राति हत्या भएको हो ।
गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् वीरेन्द्रले जनकपुरधाम उपमहानगरपालिका ९ मा रहेको काव्या अस्पताल पुर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनापश्चात् प्रहरीले थालेको अनुसन्धानमा श्रीमान् वीरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको छ । त्यसपछि उनी आफैंले श्रीमतीलाई उपचार गर्न भन्दै अस्पताल पुर्याएका थिए ।
श्रीमान माथि नै शंका लागेर सोधपुछ थालेपछि वीरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरी वीरेन्द्रलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आइतबार राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा धारिलो हतियार प्रहार भएको थियो । रिताका ४ र ६ वर्षका दुई छोरा छन् । स्थानीयका अनुसार वीरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए ।
तीन महिनाअघि वीरेन्द्रले बिहेमा पाएको फर्निचर सहितका सामानसहित रितालाई उनको माइती महोत्तरीको भंगहा नगरपालिका ९ अजगेबा पुर्याएका थिए । ससुराली पक्षले उनीहरुलाई फर्काएका थिए ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
