काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियसमा झर्यो, वर्षकै कम
काठमाडौँ । चिसो बढ्दै जाँदा देशभरको जनजीवन प्रभावित हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३।८ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ५।५ डिग्री सेल्सियस थियो ।
यसअघि, गएको आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम ४।३ डिग्री सेल्सियस थियो । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६।५ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार यस दिन वीरेन्द्रनगरको न्यूनतम तापक्रम ३।१, ताप्लेजुङको ३।५, डडेलधुराको ४।४, दिपायलको ५, ओखलढुंगाको ५।७, घोराहीको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ ।
महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
