Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ४
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो।

नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Top Changing Nepal

युट्युब सट्स