Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

चिलीको डढेलोमा परी २३ जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २२
चिलीको डढेलोमा परी २३ जनाको मृत्यु

एजेन्सी । चिलीको दक्षिणी मध्य भागमा अत्यधिक गर्मीबीच जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले शनिबार बताएका छन्।

 

‘डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी शोक व्यक्त गर्दछौँ,’ उपगृहमन्त्री म्यानुअल मोन्साल्वेले भने। ‘प्रारम्भिक रिपोर्टमा डढेलोमा परी कम्तीमा ९७९ जना घाइते भएका जानकारी प्राप्त भएको छ,’ उनले बताए।

मोन्साल्वेका अनुसार शनिबार पनि २३२ स्थानमा डढेलो सक्रिय रहेको थियो। जसमध्ये १६ स्थानको डढेलो अझै निभाउन सकिएको छैन।

राष्ट्रपति गेब्रियल बोरिकको सरकारले अरौकानियाको दक्षिणी क्षेत्रलाई समावेश गरी ‘सङ्कटकालीन अवस्था’ को विस्तार गरेको छ। नुबल र बायोबियोका क्षेत्रहरूलाई प्राकृतिक विपद् क्षेत्रका रूपमा हेर्ने गरिएको छ। ‘मृतकहरूको संख्या बढ्दै गइरहेको यस अवस्थामा सङ्कटकालीन अवस्था’ को विस्तारले बोरिकलाई आगोसँग जुध्न सेना परिचालनका लागि मार्गप्रशस्त भएको छ।

डढेलो क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) सम्म पुगेको कारण डढेलो नियन्त्रणगर्ने प्रयासमा बाधा पुगेको अधिकारीहरूले बताएका छन्।

Top Changing Nepal

युट्युब सट्स