रोकेर राखिएको ट्रकमा बस र कार ठोक्किँयो
बुटवल । रुपन्देहीमा रोकिरहेको ट्रकमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा परी तनहुँको भिमाद नगरपालिका ५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल(भैरहवा सडकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका १ बस्ने ३९ वर्षीय बासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएका छन् ।
मृत्यु हुने र घाइते हुने सबै बसका कर्मचारी हुन् । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसारले बुटवलबाट भैरहवातर्फ गइरहेका बस र कार अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किँएर दुर्घटना भएको हो ।
सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको निजी कार ठोक्किएको थियो ।
दुर्घटनापछि कार चालक प्रहरीको सम्पर्कमा आएका छैनन् । बस चालक बासु घिमिरे रहेको र उक्त समयमा बस सहचालक हरिश तिवारीले चलाएको प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
