मंगलबार भीषण सडक दुर्घटना : बस कारसँग ठोक्किँएर खाल्डोमा खस्यो, ३० जनाको मृत्यु
एजेन्सी । उत्तर(पश्चिम पाकिस्तानको पेशावरमा एउटा भयानक सडक दुर्घटना भएको खबर छ । यहाँ मंगलबार बस र कार ठोक्किँदा दुर्घटना भएको हो ।
यसपछि बस गहिरो खाडलमा खसेर कम्तीमा ३० जनाको मृत्यु भएको छ । योसँगै यो भयानक सडक दुर्घटनामा १५ जना घाइते भएका छन् । एक साताभन्दा कम अवधिमा यो दोस्रो यस्तो घातक दुर्घटना हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटना गिलगिट बाल्टिस्तान क्षेत्रको दियामिर क्षेत्रको शतियाल चोक नजिक भएको हो । स्थानीय प्रहरीका अनुसार बस गिलगिटबाट रावलपिंडी तर्फ गइरहेको थियो ।
त्यसपछि शतियाल क्षेत्रबाट विपरित दिशाबाट आउँदै गरेको कारसँग ठक्कर भएको थियो । त्यसपछि दुवै गाडी गहिरो खाडलमा खसेका थिए । खबर पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर घाइते र शवलाई आरएचसी अस्पताल लगिएको थियो ।
अन्धकारका कारण उद्धारकर्तालाई राहत तथा उद्धार कार्यमा कठिनाइ भएको प्रहरी अधिकारीले बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले यस दुर्घटनामा परी ज्यान गुमाउने प्रति दुःख व्यक्त गरेका छन् ।
सरकारी रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री सरिफले पीडित परिवार प्रति समवेदना व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गरेका छन् । उनले घाइतेहरुको उचित उपचार गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
राष्ट्रपति आरिफ अल्वीले पनि दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गरेका छन् । यसअघि गत शुक्रबार उत्तरपश्चिम पाकिस्तानको कोहाट जिल्लामा सुरुङ नजिक बस र तीव्र गतिमा रहेको ट्रक एक आपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको थियो ।
त्यस्तै अर्कोतर्फ, जनवरी २९ मा दक्षिणी पाकिस्तानमा अर्को भयानक दुर्घटना भएको थियो । जहाँ एउटा बस पिलरसँग ठोक्किएर पुलबाट खसेर ४० जनाको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
