तीनकुनेमा जीप र मोटरसाइकल ठोक्किँयो : एकको मृत्यु, एक गम्भीर
जानकारी केन्द्र
२०७९, माघ, २५
काठमाडौं । काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै अर्का एक गम्भीर घाइते भएका छन् । बुधबार बिहान कुखुरा बोक्ने जीप र मोटरसाइकल आपसमा ठोक्किँएर भएको दुर्घटनामा मोटरसाइकल चालक २३ वर्षीय नोजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी भक्तपुरको सुर्यविनायक नगरपालिकाकाका रहेको खुलेको छ । राईको आज बिहान उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । त्यस्तै सोही मोटरसाइकलमा सवार सुर्यविनायक नगरपालिका–२, बालकोटका २३ वर्षीय चन्द्र सिलवालको भने उपचार भइरहेको जनाइएको छ ।
प्रहरीका अनुसार बिहान ३ बजेतिर बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप आपसमा ठोक्किँएर दुर्घटना भएको थियो ।
सम्बन्धित समाचार
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
भोटेकोशी बाढीपीडितलाई टोखा नगरपालिकाको १ करोड २० लाख सहयोग
बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

