भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसन (आईओसी) ले १५र१५ दिनमा पठाउने नयाँ मूल्यसूची अनुसार यस पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतबाट पेट्रोल प्रतिलिटर १।७४ रुपैयाँ र डिजेल प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको हो ।
यसअघि नै पेट्रोल, डिजेल र हवाई इन्धनमा नाफामा रहेको निगमलाई पछिल्लो मूल्यपछि झनै मुनाफा हुनेछ । तर, आयल निगमले मूल्य घटाउनुको साटो पछिल्लो समय ग्यासमा प्रतिसिलिन्डर ३३८ रुपैयाँ मूल्य बढेर आएकाले ग्यासको घाटामा मिसाइएको दाबी गर्दै आएको छ ।
हाल पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७८ र डिजेलको १७५ रुपैयाँ छ । यो मूल्यमा कारोबार भइरहँदा निगमले पछिल्लो १५ दिनमा करिब ६० करोड नाफा कमाएको छ ।
निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा छ । नयाँ सूचीअनुसार आफूले तिर्नुपर्ने खरिद मूल्य घटेर आएसँगै अब निगमले बिक्री दर घटाएन भने पेट्रोलमा लिटरको करिब १० रुपैयाँ र डिजेलमा २२ रुपैयाँ हाराहारी नाफा कमाउनेछ ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
