• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • ६ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • ६ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • ७ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • ८ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • ८ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय नाघ्यो

जानकारी केन्द्र २०८१, असार, ७

काठमाडौँ । साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु भएको छ । एपीएफको रिपोर्टका अनुसार साउदी अरबमा हज यात्राको क्रममा इजिप्टका मात्र ६०० भन्दा बढीको मृत्यु भएको छ । ठुलो संख्यामा हज यात्रीहरु अहिले पनि बेपत्ता रहेको मिडिया रिपोर्टमा बताइएको छ । तर साउदी अरबले अहिलेसम्म मृत्यु हुने र बेपत्ता बारे आधिकारिक रुपमा कुनै आँकडा जारी भने गरेको छैन । गत वर्ष  हज यात्राको क्रममा मृत्यु हुनेको संख्या २४० थियो ।

जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । रिपोर्टका अनुसार मृत्यु हुनेमा इजिप्टपछि जोर्डन, इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीहरु रहेका छन् । साउदी कूटनीतिज्ञले बताए  अनुसार अधिकांश मृत्यु गर्मीका कारण बिरामी परेका कारण भएको हो ।

साउदी अरेबियाका अधिकारीहरुका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परिरहेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।

अघिल्लो वर्ष २४० हज यात्रीको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका थिए । साउदीले सबै यात्रुलाई छाता प्रयोग गर्न सल्लाह दिएको छ । यस बाहेक उनीहरुलाई लगातार पानी पिउन र घामबाट बच्न भनिएको छ ।

यद्यपि, माउन्ट अराफातमा पूजासहित अधिकांश हज अनुष्ठानहरू दिनको समयमा गरिन्छ । यसका लागि हजयात्रीहरूले लामो समय बाहिर घाममा बस्नुपर्ने हुन्छ । हजका क्रममा सडक छेउमा विरामी यात्री देख्ने गरेको हज यात्रीहरुले बताएका छन् । धेरैको ज्यान गएको छ । हज रुटमा एम्बुलेन्सको भीड लाग्ने गरेको छ ।

यस वर्ष करिब १८ लाख हज यात्री हजका लागि पुगेका छन् । जसमध्ये १६ लाख अन्य देशका छन् । हरेक वर्ष हजारौं तीर्थयात्री हज गर्न जाने गर्छन् जससँग भिसा छैन। पैसाको अभावमा यस्ता यात्री गलत बाटो भएर मक्का पुग्छन् ।

साउदी कूटनीतिज्ञहरूले मृत्यु हुनेहरूमा इजिप्टका तीर्थयात्रीहरूको संख्या धेरै छ किनभने तिनीहरूमध्ये धेरैले हजका लागि दर्ता गरेका थिएनन । यस महिनाको सुरुमा साउदी अरेबियाले हजारौं दर्ता नगरिएका हज यात्रीहरूलाई मक्काबाट हटाएको थियो ।

हजको आयोजना गर्नु साउदी अरेबियाको शाही परिवारका लागि सम्मान हो । साउदी राजालाई २ पवित्र मस्जिदको संरक्षक पनि भनिन्छ ।

इस्लाम धर्ममा हज पाँच कर्तव्य मध्ये एक हो । मान्यता अनुसार हरेक मुस्लिम व्यक्तिले आफ्नो जीवनमा कम्तिमा एक पटक यो कर्तव्य पूरा गर्नुपर्छ । सन् ६२८ मा पैगम्बर मोहम्मदले आफ्ना १४०० चेलाहरूसँग यात्रा सुरु गरेका थिए । यो इस्लामको पहिलो तीर्थयात्रा भयो र यस यात्रामा पैगम्बर इब्राहिमको धार्मिक परम्पराको पुनर्स्थापना भयो । यसलाई हज भनिन्छ । हरेक वर्ष विश्वभरका मुस्लिमहरू हज गर्न साउदी अरबको मक्का पुग्छन् ।

हज पाँच दिन लाग्छ र ईद अल-अधा वा बक्रिदमा समाप्त हुन्छ । साउदी अरेबियाले प्रत्येक देश अनुसार हज कोटा तयार गर्दछ । जसमध्ये इन्डोनेसियामा सबैभन्दा बढी कोटा छ । त्यसपछि पाकिस्तान, भारत, बंगलादेश र नाइजेरिया छन् । यसबाहेक इरान, टर्की, इजिप्ट, इथियोपिया लगायतका देशबाट हजयात्री आउने गर्दछन् । हज यात्रीहरू पहिले साउदी अरेबियाको जेद्दा सहर पुग्छन् । त्यहाँबाट बस चढेर मक्का सहर जान्छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

ताजा

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.