बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत भेटिए, जेठो छोरा बेपत्ता
काठमाडौँ । भक्तपुरको बालकोटस्थित डेरामा बस्ने बुबा–छोरा मृत भेटिएका छन् । सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधाराको पक्की घरको तल्लो तल्लामा विगत ४ वर्षदेखि डेरा गरी बस्दै आएको बुबा-छोरा आ–आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
मृत्यु हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ स्थायी घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रविन आचार्य मृत फेला परेको प्रहरीले जनाएको छ ।
बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला परेको हो । मृतक दुवैको शरीरमा चोट देखिएको छ । अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए ।
उनीहरुसँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा भने सम्पर्कबिहीन छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
