केएनपी नेरोलेक द्वारा सडक सुरक्षामा सहयोग
काठमाडौँ । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौँको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागी चाहिने आवश्यक सामग्री प्रदान गरेको छ । केएनपी नेरोलेक पेन्ट्स गुणस्तरमा मात्र नभई, समाजिक जिम्मेवारी र सामुदायिक सेवामा पनि प्रतिबद्ध देखिन्छ। सडक दुर्घटनाहरू बढ्दै गएको अवस्थामा नेरोलेकर्ले नो हर्न प्लीज् ,नो स्टपिङ,स्पीड लिमिट र नो पार्किङ जस्ता महत्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको छ भने यी साइनबोर्डहरूले सडक सुरक्षा बारेमा जनचेतना फैलाउन मद्दत पुर्याउनेछन्।
उल्लिखित साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने छन्।
जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनि केएनपी नेरोलेकले समाजको भलाईमा योगदान पुर्याउन नयाँ लक्ष्य राखेको छ। सडक सुरक्षा सुनिश्चित गर्न र यात्री तथा चालकहरूको सुरक्षाका लागि सुरक्षित सडक सुनिश्चित गर्न केएनपी नेरोलेक निरन्तर प्रतिबद्ध छ। केएनपी नेरोलेकले संसारको सर्वोत्कृष्ट, पर्यावरणमैत्री पेन्टहरू र वप्रवर्तनशील उत्पादनहरू प्रदान गरि नेपालको पेन्ट उद्योगलाई सुधार गर्दै स्वास्थ्य र दिगोपनको समर्थन गरिरहेको जनाएको छ।
यस ब्राण्डको गुणस्तर र पर्यावरणमैत्री पेन्टहरूको कारण नेपालमा एक विश्वासिलो नाम बनेको छ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
