भीम रावलले राखे नयाँ पार्टीको नाम
काठमाडौँ । नेकपा एमालेबाट निष्कासित भएका नेता डा। भीम रावलले आफ्नो नयाँ पार्टीको नाम टुङ्ग्याएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक अवधारणापत्र अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।
वडा, पाकिला, प्रदेशदेखि केन्द्रसम्म सङ्गठन निर्माण गरिने छ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।आफूले बनाउन लागेको पार्टी गैरकम्युनिस्ट हुने रावलले बताएका छन् । पाँच दशकभन्दा बढी समय कम्युनिस्ट राजनीति गरेका रावल अहिले आफ्नै पार्टी बनाउँदा भने गैरकम्युनिस्ट बनाउन कस्सिएका हुन् ।
एमालेले पूर्वउपाध्यक्ष रावललाई गत पुस १० गते पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि उनले विभिन्न व्यक्ति र सङ्गठनसँगको भेटघाटमा तीव्रता दिँदै आएका थिए ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

