आजको विदेशी विनिमय दर,कुन मुद्रा कतिमा खरिद-बिक्री?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनार, पाउन्ड, युरोसहितका विदेशी मुद्राको मूल्य बढेको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो। तर, आज अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने घटेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७९ पैसा थियो।
गएको बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७९ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६६ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४१ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ७५ र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ८३ र बिक्रीदर ८६ रुपैयाँ २० पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ७४ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २० पैसा थियो।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

