टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान
टर्की । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। मुलुकको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ६६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ।
स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा आगलागी भएको थियो। ‘हामी गहिरो पीडामा छौं, यस होटलमा भएको आगलागीमा हामीले दुर्भाग्यवश ६६ जनाको ज्यान गुमाएका छौं,’ सरकारका प्रतिनिधि यर्लिकायाले मंगलबार पत्रकारहरूसँग भने।
‘केही हताश व्यक्तिहरू भाग्नको लागि झ्यालबाट हाम फाल्ने प्रयास गरेका पनि थिए,’ अधिकारीहरूले भने, ‘तर, आगोले माथिल्लो तला पनि समेटि दिएपछि अवस्था झन् नाजुक बन्न पुग्यो।’
केही भिडियो फुटेजमा जलेको भवनको वरिपरि खैरो धुवाँको मुस्लो देखिएको छ। रिसोर्ट जाडोमा छुट्टी मनाउनेहरूका लागि लोकप्रिय गन्तव्य हो। विशेषगरी स्कुल बिदामा यहाँ परिवारसहित धेरै पटक आउजाउँ गर्ने गर्छन्। जुन जनवरीदेखि फेब्रुअरीको पहिलो हप्तासम्म धेरै नै चल्छ।
सो होटलमा करिब २३४ जना पाहुना बसेको स्थानीय गभर्नर अब्दुलअजीज अयदिनले राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुसँग भने। सो भवनबाट हाम फालेका पीडितमध्ये दुई जनाको मृत्यु भएको छ। उनका अनुसार आगो नियन्त्रण गर्नका लागि २६७ आपतकालीन कर्मचारी परिचालन गरिएको थियो।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
